Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

दुर्लुङका पहिरो पीडितलाई तमु समाज युकेद्वारा सहयोग

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

असार २२, पर्बत | गत जेठ ३१ गत राति नौ जनाको ज्यान जाने गरी गएको विनाशकारी पहिरो पीडितलाई तमु समाज युकेले आर्थिक सहयोग प्रदान गरेको छ । कुश्मा नगरपालिका–३ दुर्लुङस्थित काहुलेमा गएको पहिरोबाट दुई परिवारका नौ जनाको ज्यान गएको थियो ।

मृतकका परिवार र पहिरोबाट विस्थापित बनेका परिवारलाई तत्काल जीवनयापनमा सहज होस् भन्ने उद्देश्यले तमु समाज युकेले सङ्कलन गरेर पठाएको राहत आइतबार एक कार्यक्रमका बीच  वितरण गरिएको हो । प्रतिनिधिसभाका सांसद पदम गिरीले पीडितलाई राहत रकम हस्तान्तरण गर्नुभएको थियो ।

मृतक नौ जनालाई रु २७ हजार ३०० को दरले रु दुई लाख ४५ हजार ७०० हस्तान्तरण गरिएको छ । पहिरोमा परी आमा, बाबु, छोरा र छोरी गुमाएका ओमबहादुर थापालाई रु एक लाख नौ हजार २००, श्रीमती र छोराछोरी गुमाएका विकास थापालाई रु ८१ हजार ९०० र श्रीमती र छोरा गुमाएका बलबहादुर थापाको परिवारलाई रु ५४ हजार ६०० हस्तान्तरण गरिएको हो ।

पहिरो पीडित भुवन गिरीलाई रु ५४ हजार ९७२ र अन्य चार परिवारलाई रु ४० हजार ४०० को दरले राहत वितरण गरिएको हो । पहिरोका कारण भुवन गिरी, हस्तीदेवी शर्मा, उजेली शर्मा, नन्दीकुमारी गुरुङ र पशुपति सिंजालीको परिवार मगर विस्थापित बनेको छ । हाल बेलायतमा रहनुभएका तमु समाज युकेका उपाध्यक्ष शिवकुमार गुरुङको संयोजकत्वमा जीवन गुरुङलगायतले उक्त राहत रकम सङ्कलन गरी पठाउनुभएको स्थानीय राजन गुरुङले जानकारी दिनुभयो । रासस