२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

लोप हुन थालेपछि नौमती बाजा संरक्षण थालियो

२३ असार २०७७, मंगलवार ०४:४३

असार २३, गलकोट। पछिल्लो समय युवापुस्ताको पलायनका कारण लोप हुने अवस्थामा पुगेको नौमती बाजा संरक्षण गर्न थालिएको छ । बागलुङ नगरपालिका–७ वडा कार्यालयले वडाका दलित समुदायभित्र रहेको नौमती बाजा संरक्षण गर्न थालेको हो ।

पुस्ता हस्तान्तरण अभावमा नौमती बाजा लोप हुन थालेपछि वडा कार्यालयले दलित समुदायलाई नौमती बाजा खरिद गरी वितरण गरेको छ । वडा कार्यालयले नौमती बाजा संरक्षणका लागि चालु आर्थिक वर्षमा विनियोजन गरेको रु एक लाख बजेटबाट नोमती बाजा बजाउन सक्रिय दलित समुदायलाई नौमती बाजाको एक–एक सेट वितरण गरेको वडाध्यक्ष खगराज पाण्डेले जानकारी दिनुभयो । 

“नौमती बाजा खरिद गर्न खर्चिलो हुँदा बाजा नै लोप हुने अवस्थामा पुग्यो”, वडाध्यक्ष पाण्डेले भन्नुभयो, “वडाको पहिचानका रूपमा रहेको नौमती बाजा यस वर्षदेखि संरक्षण गर्न थालिएको छ, आगामी वर्ष नौमती बाजा तालिमजस्ता प्रवद्र्धनात्मक कार्यक्रमसमेत प्रदान गरिने वडाको योजना छ । 

बाजा प्राप्त गर्दा संरक्षण र आयआर्जन दुवैमा फाइदा पुग्ने हर्राचौर नौमती बाजा समूहका तीलबहादुर नेपालीले बताउनुभयो । वडा कार्यलयभित्र छरिखोला र हर्राचौरमा गरी दुईवटा नौमती बाजा समूह रहेको छ । आगामी वर्षको बजेटमा छरिखोलाको नौमती बाजा समूहलाई बाजाको सेट वितरण गरिने वडा कार्यालयको भनाइ छ । नौमती बाजा संरक्षण हुन नसक्दा आयआर्जनमा समस्या हुन थालेको भन्दै वडा कार्यालय संस्थागतरूपमै नौमती बाजा संरक्षणमा जुटेको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य