2026-09-13 07:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

लोप हुन थालेपछि नौमती बाजा संरक्षण थालियो

असार २३, गलकोट। पछिल्लो समय युवापुस्ताको पलायनका कारण लोप हुने अवस्थामा पुगेको नौमती बाजा संरक्षण गर्न थालिएको छ । बागलुङ नगरपालिका–७ वडा कार्यालयले वडाका दलित समुदायभित्र रहेको नौमती बाजा संरक्षण गर्न थालेको हो ।

पुस्ता हस्तान्तरण अभावमा नौमती बाजा लोप हुन थालेपछि वडा कार्यालयले दलित समुदायलाई नौमती बाजा खरिद गरी वितरण गरेको छ । वडा कार्यालयले नौमती बाजा संरक्षणका लागि चालु आर्थिक वर्षमा विनियोजन गरेको रु एक लाख बजेटबाट नोमती बाजा बजाउन सक्रिय दलित समुदायलाई नौमती बाजाको एक–एक सेट वितरण गरेको वडाध्यक्ष खगराज पाण्डेले जानकारी दिनुभयो । 

“नौमती बाजा खरिद गर्न खर्चिलो हुँदा बाजा नै लोप हुने अवस्थामा पुग्यो”, वडाध्यक्ष पाण्डेले भन्नुभयो, “वडाको पहिचानका रूपमा रहेको नौमती बाजा यस वर्षदेखि संरक्षण गर्न थालिएको छ, आगामी वर्ष नौमती बाजा तालिमजस्ता प्रवद्र्धनात्मक कार्यक्रमसमेत प्रदान गरिने वडाको योजना छ । 

बाजा प्राप्त गर्दा संरक्षण र आयआर्जन दुवैमा फाइदा पुग्ने हर्राचौर नौमती बाजा समूहका तीलबहादुर नेपालीले बताउनुभयो । वडा कार्यलयभित्र छरिखोला र हर्राचौरमा गरी दुईवटा नौमती बाजा समूह रहेको छ । आगामी वर्षको बजेटमा छरिखोलाको नौमती बाजा समूहलाई बाजाको सेट वितरण गरिने वडा कार्यालयको भनाइ छ । नौमती बाजा संरक्षण हुन नसक्दा आयआर्जनमा समस्या हुन थालेको भन्दै वडा कार्यालय संस्थागतरूपमै नौमती बाजा संरक्षणमा जुटेको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले