२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आठ लाखको आयुर्वेदिक औषधि सरकारलाई हस्तान्तरण

२३ असार २०७७, मंगलवार ०६:४६

असार २३, सुर्खेत । नेपाल आयुर्वेद औषधि व्यवसायी सङ्घ काठमाडौँले रु आठ लाखको आयुर्वेदिक औषधि नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । सङ्घका केन्द्रीय अध्यक्ष जङ्गराज गिरी नेतृत्वको पदाधिकारी टोलीले सोमबार स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतलाई आयुर्वेदिक विभिन्न प्रकाका तीन हजार ३६४ थान औषधि हस्तान्तरण गरेको हो ।

औषधि ग्रहण गर्दै राज्यमन्त्री रावतले सरकार कोरोनाविरुद्धको अभियानमा द्रुतगतिमा लागिरहेको बेला महत्वपूर्ण सहयोग गरेको भन्दै सङ्घको टोलीप्रति कृतज्ञता प्रकट गर्नुभयो । उहाँले आयुर्वेद व्यवसायी सङ्घको प्रगतिको शुभकामनासमेत प्रदान गर्नुभएको थियो ।

सङ्घका अध्यक्ष गिरीले नेपाल सरकारको प्रोटोकलमा परेको आयुर्वेदबाटै व्याधिक्षमत्व गर्न देशका सातैवटा प्रदेशमा पुग्ने गरी सरकारलाई रु आठ लाख १२ हजार ७२० को आयुर्वेदिक औषधि हस्तान्तरण गरिएको राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विश्वभर फैलिएको कोरोना महामारीले एलोप्याथिकभन्दा आयुर्वेदिक औषधि मानव प्रतिरक्षा प्रणालीका लागि अति जरुरी सिद्ध भएको छ । जसअनुसार हामीले शक्तिवद्र्धक आयुर्वेदिक औषधि हस्तान्तरण गरेर सरकारको साथमा छौँ भन्ने सन्देश दिएका छौँ ।”

देशैभरि क्वारेन्टिनमा रहेका नागरिकलाई पुगोस् भनेर रु छ लाखको दुई हजार ५०० थान गुडुची चूर्ण, रु ३९ हजार ६०० को १२० थान अश्वगन्धा क्याप्सुल, रु १७ हजार ९२० को ६४ थान च्यवनप्राश, रु १८ हजारको १२० थान आमलकी चूर्ण, रु सात हजारको ६० थान त्रिकटु चूर्ण र रु एक लाख ३० हजारको ५०० थान गिलोयप्लस प्रवाही हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार सङ्घले गत वैशाख २० गते उदयपुर भुल्केका कोरोना रोगीलाई केन्द्रित गरेर रु ४५ हजारको आयुर्वेदिक औषधि प्रदेश नं १ सरकारलाई सहयोग गरेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की