Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

अस्पताल पु¥याउन नसक्दा सुत्केरीको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पर्वत । समयमा अस्पताल पु¥याउन नसक्दा पर्वतमा एक सुत्केरीको ज्यान गएको छ । जिल्लाको दक्षिण क्षेत्रमा पर्ने पैयूँ गाउँपालिका वडा नम्बर २ की २२ वर्षिय तारा आचार्यको ज्यान गएको हो ।

पैयूँ गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत जितबहादुर रानाका अनुसार स्थानीय स्वास्थ्यचौकीमा उनको उपचार हुन नसके पछि पोखरा रिफर गर्दा बाटोमा मृत्यु भएको थियो । मृतक आचार्य एक महिना देखि उच्च रक्तचापको बिरामी थिइन् । सुत्केरी बेथा लागेकी उनको त्रिवेणी स्वास्थ्यचौकी मार्फत पोखरा जाँदै गर्दा निधन भएको हो ।

स्थानीय स्तरमा गुणस्तरीय उपचारको व्यवस्था नहुँदा घटना घटेको आफन्तजनहरुले गुनासो गरेका छन् ।