२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा क्वारेन्टिन केन्द्र स्वात्तै घटे

२०७७, २५ असार बिहीबार ०५:१७

असार २५, महोत्तरी । महोत्तरीमा कोभिड–१९ रोकथामका लागि सञ्चालित क्वारेन्टिन केन्द्र स्वात्तै घटेका छन् । जिल्लामा १०० भन्दा माथि पुगेका केन्द्रहरु घटेर अहिले ३२ कायम भएका छन् । केन्द्रमा बस्नेहरु परीक्षणपछि घर फर्केपछि क्वारेन्टिन केन्द्रको सङ्ख्या कम भएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

जेठमध्यताका भारतबाट घर फर्कनेको चाप बढेसँगै जिल्लामा १०५ सम्म क्वारेन्टिन केन्द्र सञ्चालनमा थिए । केन्द्रमा बस्नेको सङ्ख्या तीन हजारसम्म पुगेको थियो । क्रमशः जाँचपछि सङ्क्रमण पुष्टि भएका आइसोलेसनमा गएका र परीक्षण नतिजा नेगेटिभ भएका घर फर्केपछि केन्द्रको सङ्ख्या घटेका कार्यालयका कोभिड–१९ रोकथाम अभियानका स्रोतव्यक्ति तथा वरिष्ठ जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झाले जानकारी दिनुभएको हो । अहिले केन्द्रमा ३२३ पुरुष र १८ महिलासमेत ३४१ जना रहेका छन् ।

जिल्लामा अहिले आइसोलेसनमा रहनेको सङ्ख्या पनि घटेर ९३ कायम छ । सङ्क्रमित उपचारपछि निको भएर घर फर्केपछि अहिले आइसोलेसनमा रहेकाहरुको सङ्ख्या ९३ कायम भएको हो । महोत्तरीमा पछिल्लोपटक बुधबार सङ्क्रमित नथपिएका कार्यालयले जनाएको छ । जिल्लामा कूल ७८४ जनामा सङ्क्रमण पुष्टि भएको छ । जम्मा १५ स्थानीय तह रहेका जिल्लाको सबै ठाउँमा धेरथोर सङ्क्रमण पुष्टि भएका छन् । जिल्लाको पश्चिमवर्ती भारतसँग सीमा जोडिएको सम्सी गाउँपालिकामा सबैभन्दा बढी २७५ सङ्क्रमित भएका पुष्टि भएको वरिष्ठ जनस्वास्थ्य निरीक्षक झाको भनाइ छ ।

 पछिल्ला दिनमा सतर्कता भने घट्दै गएपछि सङ्क्रमण फेरि बढ्न सक्ने स्वास्थ्यकर्मीको चिन्ता छ । असार शुरु भएयता लकडाउन खुकुलिएसँगै जिल्लाका सबै बजार खोलिएका छन् । सीमा क्षेत्रमा पनि निर्वाध आवागमन बढेको छ । स–साना टेम्पु र म्याजिकजस्ता सवारी साधन चल्न थालेपछि सङ्क्रमण जोखिम भने झनै बढेको स्वास्थ्यकर्मीले चिन्ता व्यक्त गरेका हुन् । शारीरिक दूरी निर्वाह गर्ने, सबैले अनिवार्य मास्क लगाउने र कोरोना सतर्कतासँग जोडिएका आन्तरिक सुरक्षा प्रबन्ध अपनाउन पनि लापरवाही बढेको वरिष्ठ स्वास्थ्य निरीक्षक झाले चिन्ता व्यक्त गर्नुभयो । यसतर्फ स्थानीय तहले आवश्यक सतर्कता बढाउन आवश्यक देखिएको स्वास्थ्यकर्मीले बताएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते