२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा मास्क प्रयोग नगर्ने पाँच हजार नियन्त्रणमा

२०७७, २६ असार शुक्रबार १५:५४

असार २६, महोत्तरी | महोत्तरीमा मास्क प्रयोग नगर्ने पाँच हजार बढी व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको  छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार विगत चार दिनमा जिल्ला सदरमुकाम जलेश्वरसहितका बजारमा मास्क प्रयोग नगरी हिँड्ने पाँच हजार ६०३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । तीमध्ये एक हजार ५७१ महिला र चार हजार ३२ पुरुष रहेका छन् । 

मास्क प्रयोग नगरी हिँड्नेलाई प्रहरीले नियन्त्रणमा लिएर २ घण्टा उभ्याएको छ भने मास्क गोजीमा भएकालाई मास्क प्रयोग गराएको र नभएकालाई मास्क वितरण गरेको छ । साथै उनीहरुलाई सम्झाइबुझाई छाडेका छन् । 

अहिले प्रहरीले मास्क नलगाउनेलाई नियन्त्रणमा लिने, मास्क लगाउने जस्ता क्रियाकलाप अगाडि बढाएको छ भने जिल्लावासीको बानी बेहोरामा सुधार नआए दण्ड जरिवाना जस्तो कार्यक्रमसमेत ल्याउने तयारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विष्टले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते