२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

म्याग्दीको पहिरोमा बेपत्ता १० जनाको शव फेला

२७ असार २०७७, शनिबार ०६:१५

असार २७, म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङका विभिन्न ठाउँमा गएको पहिरोमा परी वेपत्ता भएका २१ मध्ये नौ जनाको शव भेटिएको छ । वडाध्यक्ष राजाराम सुवेदीका अनुसार कल्लेनीमा एक, ठूलोगाउँमा एक र राम्चेमा सात जनाको शव भेटिएको हो । सात जना वेपत्ता भएको रिखमा सुरक्षाकर्मीको टोली जाँदैछ । रघुगङ्गा–६ ठाडाखानीमा बाढीले बगाएर वेपत्ता भएका नलिमान छन्त्यालको शुक्रबार नै शव भेटिएको थियो । 

मालिका गाउँपालिका–७ बिमको तल्लोगाउँ, नौरु र दुलेमा वेपत्ता आठको खोजीमा शनिबार बिहान आएका सेना, शसस्त्र र प्रहरीको टोलीले काम सुरु गरेको वडाअध्यक्ष रेशम जुग्जालीले बताउनुभयो । नेपाली सेनाको हेलिकप्टरमार्फत वेपत्ताको खोजी र उद्धारका लागि शनिबार बिहान सुरक्षाकर्मी घटनास्थल पुगेका हुन् । भौगोलिक बिकटता र प्रतिकूल मौसमका कारण शुक्रबार बिहान पहिरो गएको ठाउँमा २४ घण्टापछि मात्रै सुरक्षाकर्मी पुगेका हुन् । 

रघुगङ्गा–६ ठाडाखानीमा बाढीले बगाएर वेपत्ता भएका नलिमान छन्त्यालको शुुक्रबार नै शव भेटिएको थियो । दुखुखोलाले बगाएर वेपत्ता भएकी मालिका–६ की गीता रोका अझै फेला परेकी छैनन् । मराङको राम्चेमा पहिरोमा परी घाइते भएका चार जना घाइतेको हेलिकप्टरले उद्धार गरेर बेनी अस्पतालमा ल्याएको छ । एक जना गर्भवतिसमेत छिन् । यसैबीच म्याग्दीको मालिका गाउपालिका–५ देवीस्थान र धवलागिरी गाउँपालिका–७ काफलडाँडामा पहिरोका कारण ९३ घरपरिवार विस्थापित भएका छन् । केही दिनदेखिको निरन्तरको वर्षासँगै पहिरो खसेर जोखिम बढेपछि जनप्रतिनिधि, युवा क्लव र आमा समूहको पहलमा सुरक्षित ठाउँमा भएका घर र सामुदायिक भवनमा सारिएको छ । 

देवीस्थानको ताम्ला, गर्जरा, दारिम्बोट, घोर्लटे, दि र पारिभित्ताका ५३ घरको सामानसहित स्थानीयवासीलाई रुन्मामा सारिएको सुर्यमुखी युवा क्लवका अध्यक्ष भकबहादुर घर्तीले बताउनुभयो । जुग्जाका १०, पन्थोकका नौ, घरिथोकका चार र मगरदाङका एक परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । रुन्माको नवसिर्जना युवा क्लवको भवन पुरिएको छ । ३० किलोवाट क्षमताको मगरदाङ लघुजलविद्युत परियोजनाको नहर, बाँध र विद्युतगृह पहिरोले बगाएको छ ।  गौडाखोला लघुजलविद्युत परियोजनाको संरचनामा क्षति पुगेको छ । देउताभिर जाने पदमार्ग र खारवाङखोलाको झोलुङ्गे पुल बगाएको छ । थप क्षति हुन नदिनका लागि जोखिमयुक्त बस्तिका वासिन्दालाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको देवीस्थानका वडा सदस्य डिलबहादुर पुनले बताउनुभयो । 

धवलागिरी गाउँपालिकाको काफलडाँडास्थित रानीबनबाट पहिरो खस्न थालेपछि छ परिवार विस्थापित भएका छन् । मनप्रसाद मगर र डण्डपानी जैसीको घरमा पहिरोले क्षति पुर्याएको देवी देउराली युवा क्लवका सदस्य लोकेश गर्बुजाले बताउनुभयो ।  मगर, जैसी, हेमनाथ पौडेल, तेजबहादुर विक, खुमबहादुर मगर, रामबहादुर मगर र चित्रबहादुर मगरका परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ । धेरै ठाउँमा पहिरो गएकाले ३९ घरधुरीको बसोबास भएको काफलडाँडा गाउनै जोखिममा परेको गर्बुजाले बताउनुभयो । पहिरो र स्थानीय खोलामा आएको बाढीले सुन्तला बगैचा, धान खेत, कोदो र मकै बारी पुरिएर क्षति पुगेको  छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने