Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

अमेरिकामा ज्यान गुमाएको परिवारलाई दश लाख सहयोग

२०७७, २८ असार आईतवार ०४:०९

असार २८, बागलुङ | बागलुङमा जन्मेर रोजगारीको सिलसिलामा अमेरिकामा मृत्यु भएका एक व्यक्तिको परिवारलाई शनिबार यहाँ एक कार्यक्रममा सहयोग रकम हस्तान्तरण गरिएको छ । बागलुङ जिल्लाको जैमिनी नगरपालिका–१ कुस्मिशेरा निवासी तुलसा थापाको रोजगारीको सिलसिलामा अ‍ेमिरिकामा अचानक हृदयघातले ३८ वर्षको उमेरमै निधन भएपछि मगर सङ्घ अमेरिकाको संयोजनमा सङ्कलन भएको रु १० लाख ५८ हजार ७६४ थापाकी आमा हरिकला थापालाई हस्तान्तरण गरिएको हो । 

अमेरिकामा समेत सामाजिक काममा क्रियाशील थापाको निधनले परिवारमा अपूरणीय क्षति पुगेको भन्दै अमेरिकामा रहेको नेपाल मगर सङ्घका अध्यक्ष कुलदीप रानाको संयोजनमा सङ्कलन गरिएको रकम नेपालमा समन्वयकर्ताको भूमिका खेलेको नेपाल पत्रकार महासङ्घ बागलुङ शाखा र नेपाल मगर सङ्घ बागलुङको रोहवरमा उक्त रकम परिवारलाई हस्तान्तरण गरिएको हो । तुलसा थापाको २५ डिसेम्बर २०१९ मा अमेरिकाको टेक्सासमा निधन भएको थापाका आफन्त तारा थापाले जानकारी दिनुभयो । मृतक थापा अमेरिकाको टेक्सासमा रहेको मगर सङ्घको सदस्यसमेत हुनुहुन्थ्यो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश