४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा बेवारिसे अवस्थामा भेटिएका शव व्यवस्थापनमा समस्या

२९ असार २०७७, सोमबार ०५:२०

असार २९, नारायणपुर । दाङ जिल्लामा कोरोनाको त्रासका कारण बेवारिसे अवस्थामा भेटिएका शव व्यवस्थापनमा समस्या भएको छ । त्यस्ता शव परीक्षणका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा लैजाने र सोही क्षेत्रमा व्यवस्थापन गर्न खोज्दा स्थानीयवासीको विरोधका कारण व्यवस्थापनमा समस्या भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । 

केही दिनअघि घोराहीमा फेला परेको एउटा बेवारिसे शव जनप्रतिनिधि र प्रशासनको सहयोगमा परीक्षणपछि  व्यवस्थापनका लागि तयारीसमेत गरियो तर घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले  परीक्षण गर्न नमानेपछि रातारात तुलसीपुरमा राप्ती प्रादेशिक अस्पतालमा सम्पन्न गरियो । परीक्षणपछि व्यवस्थापनका लागि प्रहरीले प्रयास गर्दा स्थानीयवासीले अवरोध गरेपछि शव अलपत्र अवस्थामा अस्पतालमै छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले कोरोना संक्रमण नभएको शव पनि व्यवस्थापन गर्न अवरोध आएपछि समस्या भएको बताउनुभयो । बेवारिसे शव व्यवस्थापन तुलसीपुरमै गर्ने तयारी गर्न थालिएको चार दिन बितिसक्दा पनि अझै कुनै निष्कर्ष निस्कन नसकेको उहाँको भनाइ छ । 

यसअघि जिल्लामा आफन्त कोही नभएकी तुलसीपुरकी  फेसबुक लाइभमार्फत आत्महत्या गरेकी युवतीको शव व्यवस्थापनका लागि पनि कठिनाइ भएका प्रनाउ सिंहले बताउनुभयो । पछि उनको शव रोल्पामा रहेका उनका आफन्तकहाँ थियो ।  घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले परीक्षण गर्न नमान्दा तुलसीपुरलाई शव व्यवस्थापनको समस्या भएको प्रनाउ सिंह बताउनुहुन्छ । तुलसीपुरमा केही समय अगाडि रोल्पाका एक संक्रमितलाई वडा नम्बर १२ मा लगेर व्यवस्थापन गरिएपछि स्थानीयवासीले विरोध गर्दै आएका छन् । 

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कामु रजिष्ट्रार कैलाशप्रसाद देव परीक्षण गर्ने काममा कुनै रोक नगरिएको बताउनुहुन्छ । प्रतिष्ठानमा सरसफाइ गर्नुपर्ने वा कुनै अत्यावश्यक काम हुँदा रोकिएको हुन सक्ने उहाँले बताउनुभयो । “जुनकुनै अस्पतालमा पनि कहिलेकाहीँ पोष्टमार्टम नहुन सक्छ, त्यसलाई आधार बनाएर गरेन भनेर प्रचार गरिनु ठीक भएन”,देवले भन्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ