ताराबहादुर महत, फागुन १७,
दोलखा
दोलखा जिल्लालाई चैत महिना भित्र पुर्ण खोपयुक्त जिल्ला घोषणा गर्नका लागी स्थानीय विकास
अधिकारी विष्णु शर्माको अध्यक्षतामा अनुगमन तथा निरिक्षण टोली गठन गरीएको छ ।
समितिले हाल सम्म पुर्ण
रुपमा खोपयुक्त भई सकेका गाविसहरुमा अनुगमन गर्ने, बाँकी रहेका गाविसहरुको निरिक्षण गर्नुका साथै
जिल्लालाई पुर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने मिति तोक्ने जस्ता काम गर्ने जिल्ला स्वास्थ्य कार्यालय
दोलखाले जनाएको छ । समितीका सदस्य सचिवहरुमा जिल्ला स्वास्थ्य कार्यालय दोलखाका कार्यालय प्रमुख डाक्टर
माधव लम्साल, सदस्यहरुमा जिल्ला प्रशासन कार्यालय, जिल्लामा रहेका राजनीतीक दलका प्रमुखहरु,पत्रकार
महासंघ दोलखाका अध्यक्ष लगायत रहेको वताईएको छ ।