२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

गाउँपालिकामा आक्रमण गर्ने १३ जना पक्राउ

२०७७, ३१ असार बुधबार १४:२३

असार ३१, ओखलढुङ्गा । ओखलढुङ्गाको लिखु गाउँपालिकामा तोडफोड गर्ने र गाउँपालिकाका अध्यक्ष सहितका जनप्रतिनिधि र कर्मचारीलाई अभद्र व्यवहार गरेको आरोपमा १३ जना पक्राउ परेका छन् । गाउँपालिका अध्यक्ष गोविन्दबहादुर पौडेललगायत जनप्रतिनिधि र कर्मचारीलाई कार्यालय समयमा कार्यालयमै आएर हातपात समेत गरेको आरोपमा पक्राउ पर्नेहरु सोही गाउँपालिका वडा नं ४ का १३ जना पुरुषहरु पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा लिखु गाउँपालिका­४ का दीपक बस्नेत, भारती मगर, निर्मला थापा, दीपक थापा, दीपेन्द्र खड्का, विश्वास खत्री, पारस खड्का, अरुण कार्की, दलबहादुर थापा, निलबहादुर कार्की, राजु कार्की, लक्ष्मण कार्की र दीपराज खड्का छन् । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले उनीहरुलाई पक्राउ गरी ओखलढुंगा सदरमुकाम ल्याएको छ ।

प्राप्त उजुरीका आधारमा प्रहरीले आरोपितहरुलाई पक्राउ गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपेश खड्काले बताउनुभयो । ‘‘घटनाका विषयमा उजुरी आएपछि हामीले १३ जनालाई पक्राउ गरेर जिल्ला ल्याएका छौं ।’’ खड्काले भन्नुभयो, ‘‘१० दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरिसकिएको छ ।’’ बुधबार म्याद थप गरिएपछि उनीहरुलाई हिरासतमा राखिएको छ ।

गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीमाथि हातपात गरेको, गाउँपालिकाको प्रशासनिक भवन तोडफोड गरेको, भौतिक संरचनामा क्षति गरेकोसहितका विषय उल्लेख गरेर छानविनको माग गर्दै लिखु गाउँपालिकाले अमानसवय एवम् गैरजिम्मेवार कार्य गर्ने विरुद्ध कानून अनुसार अघि बढ्ने निर्णय गरेको थियो । सो निर्णयका आधारमा गाउँ कार्यपालिका सदस्य मावर सुनुवारले प्रहरीमा उजुरी दिनुभएको हो ।  गएको असार ११ गते भएको लिखु गाउँपालिकाको एम्बुलेन्स दुर्घटनाको विषय र स्वास्थ्य चौकी स्तरोन्नतिको विषयमा विवाद बढेको थियो । सोही लगत्तै स्थानीयले गाउँपालिकामा तोडफोड गरेका थिए । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि