२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

म्याग्दीका पहिरो पीडितको राहत सदरमुकाममा थन्कियो

२०७७, २ श्रावण शुक्रबार ०३:५७

सन्तोष गौतम । साउन २, म्याग्दी । म्याग्दीको धौलागिरि र मालिका गाउँपालिकाका पहिरो प्रभावितका लागि सङ्कलित राहत सामग्री सदरमुकाम बेनीमा थन्किएको छ । पहिरो गएको एक हप्तासम्म पनि पर्याप्त राहत सामग्री ढुवानी हुन नसक्दा पीडितको दैनिकी कष्टकर बनेको छ ।

पहिरोबाट आफन्त, घरबास, बस्तुभाउ र जग्गाजमिन गुमाएका पीडितको तथ्याङ्क सङ्कलन, वर्गीकरण र बसोबास व्यवस्थापनमा ढिलाइ भएको छ । राहत वितरण व्यवस्थित नहुँदा एकरुपता हुन सकेको छैन । दैनिकजसो हेलिकप्टर उडे पनि खाद्यान्न, लत्ताकपडा, खानेपानीको पाइपलगायत सामग्री ढुवानी नभएकाले पहिरो पीडित समस्यामा परेका मालिका–७ बाइन्दफाँटका खिमन जुग्जालीले बताउनुभयो । 

पहिरोले घर भत्काएपछि बिमका विभिन्न ठाउँका ६२ परिवारका २८४ जना बसेको मालिका आधारभूतको अस्थायी शिविरमा खाद्यान्न, लत्ताकपडा, सरसफाइ र खानेपानीको अभाव छ । दैनिकजसो हेलिकप्टर उडे पनि अति आवश्यक राहत सामग्री नपाएको बिमका पहिरो पीडित राजमान दर्जीले बताउनुभयो । 

बिमको दुले, तल्लो गाउँ र नौरुमा गत शुक्रबार बिहानको पहिरोले आठ जनाको मृत्यु भएको थियो । एक जना घाइते भएका थिए । हेलिकप्टरमा आउनेले धौलागिरि गाउँपालिकाको मराङ र शिवाङमा मात्र पुगेर विभेदपूर्ण व्यवहार गरेको बिमका पहिरो पीडितले गुनासो गरेका छन् । मुख्यमन्त्री र मन्त्री आएको सेनाको हेलिकप्टरमा बिहीबार बेनीबाट राहत सामग्री पठाउन सङ्घीय सांसद भूपेन्द्र थापा र प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले तयारी गर्नुभएको थियो । मन्त्रीहरु पीडितसँगको कुराकानी र स्थलगत निरीक्षण गर्ने खाली समयमा हेलिकप्टरबाट बेनीबाट बाइन्दफाँट, आरबाङ, राम्चे, शिवाङ र धारापानीमा राहत सामग्री पठाउन अर्थुङ्गेस्थित ब्यारेकमा सामान लगेर राखिएको थियो । 

“सडक अवरुद्ध भएका कारणले स्थलगतरुपमा तत्कालै अतिआवश्यक सामान हेलिकप्टरबाट पठाउन तयारी गरेका थियौँ”, प्रजिअ ढकालले भन्नुभयो “सामान ढुवानी नगरी सेनाको हेलिकप्टर फर्कियो । हाम्रो मेहनत खेर गयो । बेनीमा सामान भएर पनि पीडितसमक्ष पु¥याउन नसक्दा दुःखित भएका छौँ ।” दैनिकजसो हेलिकप्टर चडेर पहिरो प्रभावित क्षेत्रमा जाने होडबाजीले राहत सामग्री ढुवानी प्रभावित भएको छ । भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित पहिरोबाट अति प्रभावित बिम, मराङ, ताकम र देवीस्थान जोड्ने सडक, विद्युत् र सञ्चार सेवा अवरुद्ध भएको छ । दर्जनाँै ठाउँमा पहिरो गएकाले पहिरोमा बेपत्ताको खोजीमा सुरक्षाकर्मीसमेत एक दिनपछि पुगेका थिए । 

सडक नभएकै कारण दाताले पीडितका लागि दिएको राहत सामग्री बेनीको जिसस भवनमा बनाइएको गोदाममा थन्किएको प्रतिनिधिसभा सदस्य भूपेन्द्र थापाले बताउनुभयो । धेरै जना एकै ठाउँमा बसेका र बसोबास व्यवस्थित नभएको तथा खानेपानी आयोजनामा क्षति पुगेका कारणले दूषित पानीका कारण लाग्ने रोगको जोखिम छ । धवलागिरी गाउपालिका–६ मराङको कल्लेनी, दमका, राम्चे र रिखामा १९ जनाको मृत्यु भएको थियो । पहिरोमा पुरिएका कल्लेनीका दुई जना अझै बेपत्ता छन् । मराङका ७२ घरमा पूर्ण क्षति हुँदा ५१५ जना विस्थापित भएका छन् । पहिरोबाट घरबास गुमाएका र जोखिममा रहेकालाई सामुदायिक विद्यालयमा राखिएको छ । 

सामाजिक विकासमन्त्री नरदेवी पुनले समन्वयमा कमजोरी हुँदा बेनीबाट बिहीबार पहिरो प्रभावित क्षेत्रमा राहत सामग्री ढुवानी गर्न नसकेको स्वीकार गर्नुभयो । आन्तरिक मामिला तथा कानून मन्त्रालयले सेनाको हेलिकप्टरलाई एक पटक मात्र उडान गर्न सिफारिस गरेकाले चाहेर पनि सामग्री लैजान नसकेको बताउनुभयो । आज हेलि मगाएर ढुवानी गर्न पहल गरेको मन्त्री पुनले बताउनुभयो । राहत र पहिरो पीडितको व्यवस्थापनको कामलाई सहजा बनाउन दरवाङदेखि ताकम हुँदै मुना र बिम हुँदै मराङ जोड्ने मर्मतको लागि जिल्ला समन्वय समितिले रु एक करोड विनियोजन गरेको प्रमुख देवेन्द्र केसीले बताउनुभयो ।  रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला