२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

भिटिएमको अभावले स्वाब सङ्कलन सुस्त

४ श्रावण २०७७, आईतवार ०२:०६

साउन ४, महोत्तरी | पिसीआर परीक्षणका लागि स्वाब राख्ने भाँडो भिटिएम (भाइरस ट्रान्सपोर्ट मिडिया) अभाव हुँदा महोत्तरीमा स्वाब सङ्कलन सुस्त भएको छ । शनिबार महोत्तरीको बर्दिवासमा स्वास्थ्य कार्यालय महोत्तरीले सञ्चारकर्मीसँगको साक्षात्कार कार्यक्रममा यस्तो जानकारी दिएको हो ।

“तत्काल पिसीआर परीक्षण गरिनुपर्ने यहाँ छन्”, कार्यालयका कोभिड–१९ रोकथाम अभियानका स्रोत व्यक्तिसमेत रहेका वरिष्ठ जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झाले भन्नुभयो, “तर, हामीसँग पर्याप्त भिटिएम नहुँदा तत्काल पिसीआर परीक्षण गरिनुपर्ने व्यक्तिको पनि स्वाब सङ्कलन गर्न सकेका छैनाँै ।” पछिल्ला केही दिनदेखि त स्वाब सङ्कलन रोकिएकै अवस्थामा पुगेको झाको भनाइ छ ।

जिल्लामा गत चैत तेस्रो सातादेखि क्रमशः क्वारेन्टिन केन्द्रहरु सञ्चालनमा आएका थिए । जेठको दोस्रो सातातिर भारतबाट फर्कनेको सङ्ख्या ह्वात्तै बढ्दा असार लाग्दासम्म क्वारेन्टिन केन्द्रमा बस्नेको सङ्ख्या चार हजारसम्म पुगेको थियो । यद्यपि यो सङ्ख्या अहिले घटेर २८८ मा झरेको कार्यालयले जनाएको छ । जिल्लामा ९५ सम्म पुगेका क्वारेन्टिन केन्द्र पनि अहिले ३२ मा झरेको छ । केन्द्रमा १४ दिन बसेर थप लक्षण नदेखिएपछि होम क्वारेन्टिनमा जाने बढेपछि र सङ्क्रमण पुष्टि भएर आइसोलेसनमा बिरामी गएपछि केन्द्रमा सङ्ख्या घटेको हो ।

जिल्लामा अहिलेसम्म (शनिबारसम्म) तीन हजार ६०५ जनाको स्वाब परीक्षण गरिएको कार्यालयले जनाएको छ । तीमध्ये ८१० को पोजेटिभ र दुई हजार ६७० को नेगेटिभ नतिजा आएको वरिष्ठ जनस्वास्थ्य निरीक्षक झाले बताउनुभयो । स्वाब सङ्कलन गरिएकामध्ये १२५ को नतिजा प्राप्त हुन अझै बाँकी छ ।

जिल्लामा अहिले १८१ आइसोलेसन श्यया छन् । ती श्ययामा २० पुरुष र चार महिलासहित २४ छन् । होम क्वारेन्टिनमा बस्नेको सङ्ख्या पनि घटेर अहिले ३१७ मा झरेको छ । जिल्लामा असार पहिलो सातासम्म होम क्वारेन्टिनमा बस्नेको सङ्ख्या तीन हजार ५०० सम्म पुगेको थियो । जिल्लाका अस्पतालबाट अहिलेसम्म ३१६ सङ्क्रमित उपचारपछि निको भएर घर फर्केका छन् । सङ्क्रमितमध्ये कतिपय उपचारका क्रममा धनुषाका आइसोलेसन श्ययामा गएका हुँदा उतैबाट निको भएर घर फर्केको झाको भनाइ छ ।

भारतसँग खुला सीमाका कारण सङ्क्रमण सन्त्रास कायमै रहेको हुँदा अहिले हिँडडुल र आवागमनका क्रममा सुरक्षा सतर्कता घटेको स्वास्थ्यकर्मीले औँल्याएका छन् । असारदेखि नै क्रमशः खुकुलिँदै गएको लकडाउनसँगै बजारमा बढ्दो भीडले जोखिम कायमै रहेको झाको भनाइ छ । सधैँ मास्क लगाएर हिँड्ने, भीडभाडमा ननिस्कने, शारीरिक दूरीको ख्याल गर्ने, आन्तरिक सरसफाइ र साबुनपानीले हात धोेइरहने, सफा, ताजा र स्वच्छ खानेकुरा खाने एवं स्वास्थ्यकर्मीको सम्पर्कमा रहने कुरा सङ्क्रमणबाट जोगिने आधारभूत कुरा भएका हुँदा बिर्सन नहुने स्वास्थ्यकर्मीको सुझाव छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य