२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

कोरोना समुदायमा फैलिएको आशङ्का

२०७७, ४ श्रावण आईतवार १६:००

साउन ४, बर्दिया | बर्दियाको ठाकुरबाबा नगरपालिकामा शनिबार १० जनामा सङ्क्रमण पुष्टि भएसँगै बर्दियामा कोरोना सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ । १९२ जना उपचारपछि निको घर फर्किएका छन् । तर शनिबारमात्रै बर्दियाको ठाकुरबाबा नगरपालिकामा स्वास्थ्यकर्मी, सुरक्षाकर्र्मी, कर्मचारी गरी १० जनामा कोरोना सङ्क्रमण थप पुष्टि भएको छ । 

ठाकुरबाबा नगरपालिकामा कार्यरत स्वास्थ्यकर्र्मी, सुरक्षाकर्मी र कर्मचारीमा कोरोना देखिएसँगै कोरोना सङ्क्रमण समुदायमा फैलिएको आशङ्का गरिएको छ । सङ्क्रमण देखिएकामध्ये स्वास्थ्यकर्मी र सुरक्षाकर्र्मी क्वारेन्टिन व्यवस्थापनमा खटिएका थिए ।

नगरपालिका क्षेत्रमा खटिएका १० जनालाई कोरोना सङ्क्रमण पुष्टि भएपछि नगरपालिका कार्यालय र नौवटै वडा कार्यालयबाट हुने आकस्मिकबाहेक सबै सेवा तीन दिनका लागि बन्द गर्ने निर्णय भएको छ । यस्तै नगरपालिकामा हुने सबै किसिमका सभा, बैठक, भेला, गोष्ठी अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरेको नगरप्रमुख घननारायण श्रेष्ठले जानकारी दिनुभयो ।

अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन, बजार क्षेत्रमा ननिस्कन तथा निस्कनै परे अनिवार्य मास्क लगाउन र भौतिक दूरी कायम राख्न नगरपालिकाले अह्वान गरेको बताएको छ । क्वारेन्टिनमा सङ्क्रमण पुष्टि भएका सबै जना नगरपालिका क्षेत्रमा खटिएका हुन् । उनीहरुको पिसिआर परीक्षण गर्दा पोजेटिभ देखिएको हो । सङ्क्रमितको कन्ट्रयाक्ट ट्रेसिङ गर्दा झण्डै सम्पर्कमा रहेकाको १०० जनाको पिसिआर परीक्षण गर्नुपर्ने देखिएको छ ।

आज बिहानदेखि नगरपालिका क्षेत्रका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्र्मी र सुरक्षाकर्मीको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गर्न शुरू गरिएको छ । नगरपालिकमा सङ्क्रमितको सङ्ख्या २४ योभन्दाअघि नै पुगेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल