२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

कोरोना समुदायमा फैलिएको आशङ्का

४ श्रावण २०७७, आईतवार १६:००

साउन ४, बर्दिया | बर्दियाको ठाकुरबाबा नगरपालिकामा शनिबार १० जनामा सङ्क्रमण पुष्टि भएसँगै बर्दियामा कोरोना सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ । १९२ जना उपचारपछि निको घर फर्किएका छन् । तर शनिबारमात्रै बर्दियाको ठाकुरबाबा नगरपालिकामा स्वास्थ्यकर्मी, सुरक्षाकर्र्मी, कर्मचारी गरी १० जनामा कोरोना सङ्क्रमण थप पुष्टि भएको छ । 

ठाकुरबाबा नगरपालिकामा कार्यरत स्वास्थ्यकर्र्मी, सुरक्षाकर्मी र कर्मचारीमा कोरोना देखिएसँगै कोरोना सङ्क्रमण समुदायमा फैलिएको आशङ्का गरिएको छ । सङ्क्रमण देखिएकामध्ये स्वास्थ्यकर्मी र सुरक्षाकर्र्मी क्वारेन्टिन व्यवस्थापनमा खटिएका थिए ।

नगरपालिका क्षेत्रमा खटिएका १० जनालाई कोरोना सङ्क्रमण पुष्टि भएपछि नगरपालिका कार्यालय र नौवटै वडा कार्यालयबाट हुने आकस्मिकबाहेक सबै सेवा तीन दिनका लागि बन्द गर्ने निर्णय भएको छ । यस्तै नगरपालिकामा हुने सबै किसिमका सभा, बैठक, भेला, गोष्ठी अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरेको नगरप्रमुख घननारायण श्रेष्ठले जानकारी दिनुभयो ।

अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन, बजार क्षेत्रमा ननिस्कन तथा निस्कनै परे अनिवार्य मास्क लगाउन र भौतिक दूरी कायम राख्न नगरपालिकाले अह्वान गरेको बताएको छ । क्वारेन्टिनमा सङ्क्रमण पुष्टि भएका सबै जना नगरपालिका क्षेत्रमा खटिएका हुन् । उनीहरुको पिसिआर परीक्षण गर्दा पोजेटिभ देखिएको हो । सङ्क्रमितको कन्ट्रयाक्ट ट्रेसिङ गर्दा झण्डै सम्पर्कमा रहेकाको १०० जनाको पिसिआर परीक्षण गर्नुपर्ने देखिएको छ ।

आज बिहानदेखि नगरपालिका क्षेत्रका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्र्मी र सुरक्षाकर्मीको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गर्न शुरू गरिएको छ । नगरपालिकमा सङ्क्रमितको सङ्ख्या २४ योभन्दाअघि नै पुगेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी एनपिएलः काठमाडौंद्वारा पोखरालाई १६६ रनको लक्ष्य एनपिएल : अर्धशतकको सङ्ख्या २८ पुग्यो