२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

गुरुङहरूले जनगणनामा बोन धर्म लेख्ने

२०७७, ५ श्रावण सोमबार ०४:३८

साउन ५, मुग्लिन। गुरुङहरुले अब हुने जनगणनामा बोन धर्म लेख्ने भएका छन् । नेपालमा गुरुङ जातिको वास्तविक धर्म बोन धर्म भए पनि पछिल्लो समय धर्म परिवर्तन गर्ने क्रम बढ्दा बोन धर्म लोप हुँदै गएकोले अब नेपालमा हुने जनगणनामा नै बोन धर्म उल्लेख गर्ने भएको हो ।    

गुरुङहरुको धार्मिक संस्था तमु प्ये ल्हुँ सङ्घ जिल्ला कार्य समिति चितवनले जनगणनामा गुरुङको धर्म बोन लेखाउनका लागि अन्तरक्रियात्मक प्रचारप्रसार अभियानसमेत शुरु गरेको छ । चितवनको माडी नगरपालिकास्थित कल्याणपुरबाट शनिबारदेखि अभियान शुरु गरेको हो । गत असार २५ गते बसेको सङ्घको नियमित मासिक बैठकले आगामी वर्ष २०७८ मा नेपालमा हुन गइरहेको राष्ट्रिय जनगणनामा धर्मको महलमा गुरुङको वास्तविक धर्म बोन धर्म लेखाउनका लागि जिल्लाभरका गुरुङ समुदायमाझ अन्तरक्रिया गरेर प्रचारप्रसार गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयबमोजिम सङ्घको माडी एकाइबाट अभियान शुरु गरिएको सङ्घका चितवन जिल्ला अध्यक्ष जगतबहादुर गुरुङले जानकारी दिनुभयो । गुरुङको वास्तविक धर्म बोन भए पनि धर्म परिवर्तनका कारण समुदायको वास्तविक धर्म लोप हुँदै गएकाले सङ्घले जिल्लाभित्र धर्म संस्कार संस्कृति संरक्षणका लागि विभिन्न अभियान सञ्चालन गर्दै आइरहेको छ । सो अन्तर्गत आगामी वर्ष हुने नेपालको राष्ट्रिय जनगणनामा गुरुङको वास्तविक धर्मलाई स्थापित गर्नका लागि यो अभियान सञ्चालन गरेको उहाँले बताउनुभयो ।

अध्यक्ष  गुरुङले भन्नुभयो, “गुरुङ  समुदायको छुट्टै  आफ्नै   धर्म संस्कार छ तर पछिल्लो समय धर्म परिवर्तन गर्नेको क्रम बढ्दै जदाँ बोन धर्म लोप हुँदै गएको छ, त्यसकारण धर्म संस्कृति बचाउनका लागि हामीले जनगणनामा नै बोन धर्म लेख्ने निर्णय गरेका छौँ ।” चितवनको माडीबाट शुरु गरिएको यो अभियान जिल्लाभर सञ्चालन गरिने अध्यक्ष गुरुङले बताउनुभयो । उहाँका अनुसार यो अभियानका लागि सङ्घमा आबद्ध जिल्लाभरका २१ वटा एकाइ समितिलाई परिचालन गरिने छ ।  

अभियानमा राष्ट्रिय जनगणनामा गुरुङले किन बोन धर्म लेख्ने ?, बोन धर्म के हो ? लगायतका विषयमा जानकारी गराइने छ । गुरुङ समुदायले परापूर्वकालदेखि नै मान्दै आएको धर्म लोप हुँदै गएपछि केन्द्रीय कमिटीले नै अभियान सञ्चालन गर्ने नीति  लिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार