२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

गुरुङहरूले जनगणनामा बोन धर्म लेख्ने

५ श्रावण २०७७, सोमबार ०४:३८

साउन ५, मुग्लिन। गुरुङहरुले अब हुने जनगणनामा बोन धर्म लेख्ने भएका छन् । नेपालमा गुरुङ जातिको वास्तविक धर्म बोन धर्म भए पनि पछिल्लो समय धर्म परिवर्तन गर्ने क्रम बढ्दा बोन धर्म लोप हुँदै गएकोले अब नेपालमा हुने जनगणनामा नै बोन धर्म उल्लेख गर्ने भएको हो ।    

गुरुङहरुको धार्मिक संस्था तमु प्ये ल्हुँ सङ्घ जिल्ला कार्य समिति चितवनले जनगणनामा गुरुङको धर्म बोन लेखाउनका लागि अन्तरक्रियात्मक प्रचारप्रसार अभियानसमेत शुरु गरेको छ । चितवनको माडी नगरपालिकास्थित कल्याणपुरबाट शनिबारदेखि अभियान शुरु गरेको हो । गत असार २५ गते बसेको सङ्घको नियमित मासिक बैठकले आगामी वर्ष २०७८ मा नेपालमा हुन गइरहेको राष्ट्रिय जनगणनामा धर्मको महलमा गुरुङको वास्तविक धर्म बोन धर्म लेखाउनका लागि जिल्लाभरका गुरुङ समुदायमाझ अन्तरक्रिया गरेर प्रचारप्रसार गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयबमोजिम सङ्घको माडी एकाइबाट अभियान शुरु गरिएको सङ्घका चितवन जिल्ला अध्यक्ष जगतबहादुर गुरुङले जानकारी दिनुभयो । गुरुङको वास्तविक धर्म बोन भए पनि धर्म परिवर्तनका कारण समुदायको वास्तविक धर्म लोप हुँदै गएकाले सङ्घले जिल्लाभित्र धर्म संस्कार संस्कृति संरक्षणका लागि विभिन्न अभियान सञ्चालन गर्दै आइरहेको छ । सो अन्तर्गत आगामी वर्ष हुने नेपालको राष्ट्रिय जनगणनामा गुरुङको वास्तविक धर्मलाई स्थापित गर्नका लागि यो अभियान सञ्चालन गरेको उहाँले बताउनुभयो ।

अध्यक्ष  गुरुङले भन्नुभयो, “गुरुङ  समुदायको छुट्टै  आफ्नै   धर्म संस्कार छ तर पछिल्लो समय धर्म परिवर्तन गर्नेको क्रम बढ्दै जदाँ बोन धर्म लोप हुँदै गएको छ, त्यसकारण धर्म संस्कृति बचाउनका लागि हामीले जनगणनामा नै बोन धर्म लेख्ने निर्णय गरेका छौँ ।” चितवनको माडीबाट शुरु गरिएको यो अभियान जिल्लाभर सञ्चालन गरिने अध्यक्ष गुरुङले बताउनुभयो । उहाँका अनुसार यो अभियानका लागि सङ्घमा आबद्ध जिल्लाभरका २१ वटा एकाइ समितिलाई परिचालन गरिने छ ।  

अभियानमा राष्ट्रिय जनगणनामा गुरुङले किन बोन धर्म लेख्ने ?, बोन धर्म के हो ? लगायतका विषयमा जानकारी गराइने छ । गुरुङ समुदायले परापूर्वकालदेखि नै मान्दै आएको धर्म लोप हुँदै गएपछि केन्द्रीय कमिटीले नै अभियान सञ्चालन गर्ने नीति  लिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै