२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपुरमा पहिरोले घर पुरिँदा दुई बेपत्ता

२०७७, ६ श्रावण मंगलवार ०८:१७

साउन ६, कावासोती। लगातार वर्षाका कारण खसेको पहिरोले नवलपुरको बुलिङ्टार गाउँपालिका–२ डाँडाझेरीमा घर  पुरिँदा दुई जना बेपत्ता भएका छन् । बुलिङ्टार गाउँपालिका अध्यक्ष शशीकिरण बस्ताकोटीका अनुसार पहिरोले स्थानीय डाडाँझेरी टाँडीका ६१ वर्षीय शेरबहादुर नेपाली र उहाँकी श्रीमती ५७ वर्षीया खीनमाया नेपाली पहिरोमा पुरिएर बेपत्ता हुनुभएको हो । स्थानीयको सक्रियतामा खोजीकार्य जारी रहेको अध्यक्ष बस्ताकोटीले जानकारी दिनुभयो । पहिरोले केही चौपायासमेत पुरिएको उहाँले बताउनुभएको छ ।

घटनास्थलमा  उद्धारका लागि अहिले इलाका प्रहरी कार्यालय बुलिङ्टारको टोली खटिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो । यस्तै गए राति विनयी त्रिवेणी गाउँपालिका–४ मा दुम्कीबासबाट पितरीतर्फ जाँदै गरेको लु २ च ६१७१ नम्बरको  पिकअपलाई खहरे खोलाले बगाएको छ ।  मानवीय क्षति भने नभएको उहाँले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने