Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सुस्ताका अधिकांश घर डुबानमाः नारायणीले बगाउँदा एक बेपत्ता

By साझासवाल 7 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

मोहन पौडेल | साउन ६, परासी | नारायणी नदीमा आएको बाढीका कारण सुस्ताका अधिकांश घर डुबानमा परेको छ ।

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को सुस्ता गाउँपालिका–५ स्थित सुस्तामा बाढी पस्दा त्यहाँका अधिकांश घर डुबानमा परेका हुन् । सुस्तामा २६५ घर रहेका छन् । केही पक्की घरबाहेक अधिकांश फुसले छाएका घर डुबानमा परेका छन् । डुबानका कारण दुईवटा घर पनि भत्किएको छ ।

सोमबार रातिदेखि परेको अविरल वर्षासँगै नारायणी नदीमा पानीको सतहले खतराको तह पार गरेपछि सुस्ता क्षेत्र डुबानमा परेको सुस्ता बचाऊ अभियानका सदस्य रवीन्द्र जयसवालले जानकारी दिनुभयो । डुबानका कारण मानवीय क्षति नभए पनि घरहरु डुबानमा परेपछि स्थानीयवासी त्रसित बनेका छन् ।

बाढीबाट त्रसित बनेका सुस्तावासी सुरक्षित स्थानतर्फ लागेका छन् । त्यहाँ रहेका विद्यालय, प्रहरी चौकी, सशस्त्र प्रहरी पोष्टलगायतमा पनि पानी पसेको छ । “मसहित साथीहरु कामको सिलसिलामा सोमबार नै वारि आएको र साँझ डुङ्गा तर्न नसकेपछि वारि नै बसेका छौँ, तर पारि सुस्ताका सबै घर डुबानमा परेका छन्, जनता सुरक्षित स्थानतर्फ लागिरहेका छन्, नदीमा पानीको बहाव बढ्दै गएकाले ठूलो क्षति हुने खतरा बढेको हो”, अभियानका सदस्य जयसवालले भन्नुभयो ।

गाउँ नै डुबानमा परेपछि सुस्तावासीलाई खानबस्नको समस्या भएको छ । पारि सुस्तामा चार फिट पानी पसेको र नदीको बाँधसम्म पानी पुग्न थालेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिनुभयो । नदीको बहाव बढ्दै गएकाले जतिबेला पनि ठूलो क्षति हुने जोखिम रहेको उहाँले बताउनुभयो ।

नारायणी नदीको बहाव बढ्दै गएपछि गण्डक ब्यारेजका ३६ वटै ढोका पनि खोलिएको छ । नदीले खतराको विन्दु पार गरिसकेको छ । अहिले नारायणी नदीमा पानीको सतह चार लाख ३२ हजार क्युसेक प्रतिसकेन्ड पुगेको गाउँपालिका अध्यक्ष पाण्डेले बताउनुभयो । नारायणीमा तीन लाख क्युसेक पानीको बहाव खतराको तह मानिन्छ भने चार लाख क्युसेकलाई उच्च खतराको तह मानिन्छ । अहिले नारायणीको बहाव उच्च जोखिममा छ ।

जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन सूचीत गरेको छ । प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले डुबानका कारण तत्काल उद्धार गर्नुपर्ने अवस्था आए उद्धार टोली तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो । जिल्लाको प्रतापपुर, सरावल र पाल्हिनन्दन गाउँपालिकाका पनि केही भाग डुबानमा परेका छन् । सरावल–५, ६ र ७ मा डुबान हुँदा एक हजार २०० बिघा बढी धानखेती नष्ट भएको गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले जानकारी दिनुभयो । झरही खोला र धनेवा खोलामा आउने बाढीका कारण त्यहाँ बर्सेनी डुबान हुने गरेको छ ।

पाल्हिनन्दन–१ शङ्करपुर र २ को मुडेरा पनि डुबानमा परेको छ । शङ्करपुरमा १० घरपरिवार विस्थापित भएका छन् भने सयौँ बिघामा लगाइएको धानखेती पनि नष्ट भएको गाउँपालिका अध्यक्ष वैजुप्रसाद गुप्ता (दीपक)ले बताउनुभयो ।

नारायणीले बगाउँदा एक बेपत्ता

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)स्थित नारायणी नदीले बगाउँदा एक युवक बेपत्ता भएका छन् । जिल्लाको सुस्ता गाउँपालिका–४ स्थित नर्सही थारूगाउँका ३२ वर्षीय सन्तु चौधरीलाई आज बिहान नारायणी नदीले बगाएको हो ।

नारायणी नदीको १३ नं ठोक्करमा बाढीले बगाएर ल्याएको दाउरा छोप्न गएका चौधरीलाई उर्लिएको नदीले बगाएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनुभयो । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस