२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

प्रदेश नं–१ को विराटनगरमा पहिलो पटक वायु प्रदूषण मापन गर्न कार्य शुरु

१४ श्रावण २०७७, बुधबार १४:५०

साउन १४, विराटनगर । प्रदेश नं–१ को विराटनगरमा पहिलो पटक वायु प्रदूषण मापन गर्न कार्य शुरु गरिएको छ । खास गरी वायुमा हुने प्रदूषणको अवस्था देखाउन र यसबाट बच्न र बचाउन सावधानी अपनाउन यो वायुप्रदूषण मापन सम्बन्धी डिस्प्ले स्थापना गरिएको छ । विराटनगरको डिभिजन वन कार्यालय मोरङमा स्थापना गरिएको सो डिस्प्ले मापन मेसिन महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा स्थापना गरिएको छ । 

वन तथा वातावरण मन्त्रालयबाट स्थापना गरिएको सो डिस्प्ले दमक र धनकुट्टामा पनि स्थापना भइसकेको र यसको मापन मेसिन धनकुटा, दमक, झुम्का र विराटनगरमा स्थापना गरिएको वन विभागका सूचना अधिकारी शङ्करप्रसाद पोखरेलले जानकारी दिनुभयो । उहाँले देशका २८ स्थानमा डिस्प्ले र २९ स्थानमा मापन यन्त्र जडान भएकोले यस क्षेत्रमा वायुमा हुने प्रदूषणका बारेमा मानिसले सजिलै थाहा पाउने विश्वास व्यक्त गर्नुभयो । 

वायु गुणस्तर शून्यदेखि ५० कणको मात्रा भएको सङ्केत दिएजस्तै डिस्प्लेले छ किसिमको सूचना प्रवाह गरिरहेको हुन्छ । अहिले वर्षातको समय भएकोले वायुमा खासै प्रदूषण नदेखिए पनि हिउँदको मौसममा अलिक बढी देखिने सम्भावना हुन्छ । 

यस्तै, अहिले कोरोनाका कारण धेरै सवारी साधन नचल्नु, धुवाँ प्रदूषण पनि नहुनुले डिस्प्लेमा देखिने अवस्था सामान्य अवस्थामा रह्न सक्ने डिभिजन वन कार्यालय प्रमुख विशाल घिमिरेले बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य