Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

मध्य वर्षातमा पनि रोकिएन कालगण्डकी दोहन

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन १५, पर्वत । पर्वत र बागलुङको सिमाना भएर बग्ने  कालीगण्डकी नदीमा  मध्य वर्षात्को समयमा पनि अबैध रुपमा उत्खनन भएको छ । पर्वत र बागलुङ दुवैतर्फ अबैध रुपमा नदीजन्य बस्तुको चोरी निकासी बढेको छ ।

विश्वकै  एक मात्र शालिग्राम पाइने नदीका रुपमा चिनिने कालीगण्डकी नदीमा नीति विपरित दोहन हुदाँ अस्तीत्व नै संकटमा परेको छ । जलजला गाउँपालिका र कुश्मा नगरपालिकाको आसपासमा अबैध रुपमा नदीजन्य बस्तु चोरी निकासी हुदाँ पनि स्थानीय प्रशासन, प्रहरी प्रशासन र स्थानीय तह मौन बसेका छन् ।

नदीमा स्काभेटर प्रयोग गरी मापदण्डविपरित नदीबाट बालुवा निकाल्दा समेत स्थानीय प्रशासनको नजर पुग्न सकेको छैन । वर्षातको समयमा नदीबाट बालुवा, ढुंगा, गिटी झिक्नको लागि स्वीकृत नभएपछि मनोमानी तबरबाट नदीजन्य बस्तु झिक्ने काम रोकिएको छैन ।