2026-09-13 05:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

देउपुर स्वाथ्यचौकी निर्माणमा अनियमितता

पर्वत । पर्वतको मोदी गाउँपालिका २  देउपुरमा निर्माणधिन अवस्थामा रहेको स्वास्थ्यचौकीमा व्यापक अनियमितता भएको पाइएको छ ।  वडा अध्यक्षको रातदिनको निगरानीमा भवन निर्माण कार्य भएपनि भवनमा अनियमितता भएको पाइएपछि मोदीमा खैलाबैला मच्चिएको छ । 

गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रशासकिय अधिकृतसहित प्राविधिक टोलीले बारम्बार अनुगमन गर्दा पनि भवन निर्माणमा भवन निर्वाणको आचारसंहित समेत पालना नगरेको पाइएपछि स्थानीयले विरोध गरेका छन् ।  सरकारी भवन निर्माणमा भवनको बीम डबल राख्नुपर्ने भएपछि गुपचुप रातरात एउटामात्रै बीमको प्रयोग गरी माटोले रातरात पुरेको स्थानीयले चालपाएपछि ठेकेदार र  जनप्रतिधिकै मिलेमतोका काम भइरहेको त होइन भन्ने आशंका पैदा भएको छ ।

भवन निर्माण भवन आचारसंहिता विपरित मात्रै नभइ आर्थिक प्रलोभनमा काम गुपचुप पार्न जनप्रतिनिधिसमेत लागेको हुनसक्ने भन्दै स्थानीयले स्वतन्त्र छानविनको माग गरेका छन् । स्थानीयले ठेकेदार, जनप्रतिनिधिमाथि छानविन गरी कडा कारवाहीको माग गरेका छन्् ।

यता मोदीमा रहेका राजनीतिक दलमा समेत तरङ ल्याएको छ । नेकपा, काँग्रेसले विज्ञप्ती निकाल्दै भवनमा चरम लापरवाही भएको भन्दै जोकोही भएपनि कानूनी दायरामा ल्याई कारवाही गर्नुपर्ने माग राखेर विज्ञप्ती निकालेका छन् ।

भवन निर्माणमा भएको अनियमितताको छानविन गर्न ५ सदस्यीय छानविन टोलीसमेत गणन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले