२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङमा विपद्को घटनाबाट चारको मृत्यु, एक बेपत्ता, ५४ घर भत्किए

१६ श्रावण २०७७, शुक्रबार ०८:४०

साउन १६, गलकोट । बागलुङ जिल्लामा विपद्को घटनाबाट असारयता मात्रै चार जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । यस्तै जिल्लाभर ५४ घर भत्किएका छन् भने सयौँ घर पहिराको उच्च जोखिममा रहेको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ । 

अविरल वर्षापछि साउन १० गते गएको पहिराले बागलुङ नगरपालिका–१ रामरेखाको निरयघाटमा एक जनाको मृत्यु भएको र अर्का एक जना बेपत्ता रहेका छन् । बेपत्ताको प्रहरीले खोजी कार्य गरे पनि हालसम्म फेला नपारेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिनुभयो । यस्तै १३ गते जिल्लाको तमान खोला गाउँपालिका–२ मा घर पहिरोका कारण भत्किदा दुई बालबालिकाको मृत्यु भएको छ । सोही दिननै निसी खोला गाउँपालिका–१ मा पाँच वर्षीय बालकको मृत्यु भएको छ ।

अविरल वर्षाका कारण पछिल्लो समय बागलुङमा विपद्का घटना बढ्दै गएका छन् । बाढीपहिराका कारण बागलुङमा अधिकांश सडक अवरुद्ध भएका छन् । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कअनुसार बागलुङ जिल्लामा हालसम्म ५४ घर भत्केका छन् । जोखिमयुक्त वस्ती पहिचानको कार्यलाई तीव्रता दिइएको जिल्ला प्रशासन कार्यालय बागलुङका सूचना अधिकारी धिरेन्द्रराज पन्तले जानकारी दिनुभयो । “स्थानीय तहमार्फत जोखिममा परेका घरको विवरण मगिएका छौं” पन्तले भन्नुभयो, “असारपछि राहतको नियम अध्यावधिक भएको छ ।”

पन्तका अनुसार पहिरोमा ज्यान गुमाएका एक घरको एक जना छ भने रु दुई लाख र त्यस परिवारका थप मत्यु सङ्ख्याको आधारमा रु एक लाख थप हुनेछ । उहाँले घरमा क्षति पुगेका ५४ घरलाई रु १५ हजारका दरले राहत वितरण गर्ने जानकारी दिनुभयो । जिल्लाका १० स्थानीय तहमा घर भत्केकाको विवरण आए पनि जोखिममा परेका घरको विवरण आइनसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । स्थानीय तहले जोखिमयुक्त बस्तीको पहिचान तथा पहिराको जोखिममा रहका घरको विवरण सङ्कलन गरिरहेका छन् । जथाभावी रुपमा सडक निर्माण गर्दा पहिराको जोखिम बढ्न थालेको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य