२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुका १६५ विपन्न घरपरिवारका लागि शौचालय निर्माण

२०७७, १९ श्रावण सोमबार ०९:२०

साउन  १९, चन्द्रौटा । कपिलवस्तुको विजयनगर गाउँपालिकाका १६५ विपन्न घरपरिवारका लागि शौचालय निर्माण गरिएको छ । राष्ट्रिय योजना आयोगको विशेष अनुदानअन्तर्गत वडा नं ६ का विभिन्न गाउँमा शौचालय निर्माण भएको छ । वडाको खडाँैचा गाउँमा ११, बदौरमा ४६, प्रेमनगरमा १२, छुटपाटीमा ३४, खजानीमा १७, डेहवामा ३१ वटा र विक्षीहवामा पाँच  घरपरिवारलाई शौचालय निर्माण गरिएको हो ।

रु ५० लाखमा निर्माण भएका शौचालय प्रयोग गर्न शुरु गरिएको छ । शौचालय निर्माण गर्न नसकेका विपन्नको पहिचान गरी शौचालय निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापाले बताउनुभयो । 

लामो समयदेखि कच्ची तथा अव्यवस्थित शौचालय प्रयोग गर्न बाध्य रहेका घरपरिवारलाई शौचालय निर्माण गरेर हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । “कतिपयमा वर्षात्को समस्याले रिङ राख्न सकिएको छैन”, थापाले भन्नुभयो, “पालिकाले लिएको पूर्ण सरसफाइ अभियानलाई सफल बनाउन यो कार्यले सहयोग गरेको छ ।” योजना आयोगसँग गाउँपालिकाका सबै वडाका विपन्न परिवारमा शौचालय नभएका घरमा निर्माणका लागि माग गरेको भए पनि १६५ परेको थापाले बताउनुभयो ।

शौचालय बनाउन वडास्तरीय उपभोक्ता समिति गठन गरिएको स्थानीयले नै निर्माण गरेको वडाध्यक्ष प्रेमबहादुर कलवारले बताउनुभयो । शौचालय निर्माणका क्रममा वडा समितिले पटकपटक अनुगमन गरेको उहाँले बताउनुभयो । अझै पनि विपन्न नागरिक शौचालयविहीन रहेकाले गाउँपालिका तथा केन्द्र सरकारसँग बजेट माग गरिएको कलवारले बताउनुभयो । 

विहान साँझको छाक टार्न समस्या परेका बेला शौचालय निर्माण गरिदिएको भन्दै स्थानीय सुभावती पालले धन्यवाद दिनुभयो । वडाका गरिब घरपरिवारले खुला चौरमा शौच गर्ने बाध्यता अब हटेको शौचालय निर्माण उपभोक्ता समितिका सचिव दिनेश तिमिल्सेनाले बताउनुभयो । प्रतिशौचालय रु ३३ हजार खर्च लागेको बताउँदै उहाँले शौचालय निर्माणमा स्थानीयको पूर्ण साथ रहेको बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने