२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

सुस्तामा विपद् व्यवस्थापनको पूर्वाभ्यास

२०७७, २१ श्रावण बुधबार ०९:११

साउन २१, परासी । गाउँमा बाढी पसेपछि नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम) को सुस्ता गाउँका सर्वसाधारण एकाएक डुबानमा फसे । उनीहरुले हारगुहार गर्दै विपद् व्यवस्थापन समितिलाई खबर गरे ।

तत्कालै प्रमुख जिल्ला अधिकारीले निर्देशन दिएपश्चात् नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त खोज तथा उद्धार टोली मोटरबोटमा आवश्यक उद्धार सामग्रीसहित घटनास्थलमा पुगेर बाढीमा फसेकालाई उद्धार गर्ने, उद्धार गरिएका व्यक्तिलाई सुरक्षितस्थलमा पुर्याउने र घाइतेलाई अस्पताल पुर्याउने कार्यमा खटिएको छ । उद्धार टोलीले प्राथमिकताको आधारमा मानिस, पशुपन्छी र महत्वपूर्ण वस्तु उद्धार गरी सुरक्षित स्थामा पुर्याएका छन् । उद्धार गरिएका व्यक्तिलाई रेडक्रसका स्वयंसेवकले प्राथमिक उपचार गरेपछि थप उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको छ ।

त्यसैबखत सुस्तामा आगलागी पनि भएको खबर आएपछि नेपाली सेना र प्रहरीको टोली उद्धारका लागि घटनास्थलमा पुगेर आगलागी नियन्त्रणमा लिएर पीडितको उद्धार गरेका छन् । डुबान र आगलागीबाट पीडित व्यक्ति तथा घाइतेको उपचार, व्यवस्थापन र राहत वितरणमा सुरक्षाकर्मी, रेडक्रसकर्मी तथा विभिन्न सङ्घसंस्था खटिएका छन् ।

यो घटना वास्तविक नभई विपद् व्यवस्थापनको पूर्वतयारीका लागि गरिएको नाटकीय अभ्यास हो । जिल्ला विपद् व्यवस्थापन समिति नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को आयोजनामा सम्भावित विपद् जोखिम नियन्त्रणका लागि पूर्वतयारीस्वरुप नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्तरुपमा पूर्वअभ्यास गरेको हो ।

सोही क्रममा नेपाली सेनाको विपद् व्यवस्थापन गणसँगको समन्वयमा कालीध्वज गण परासीले भूकम्पबाट भत्किएको संरचनाबाट गरिने खोज तथा उद्धारको पनि अभ्यास गरेको थियो । यस प्रकारको संयुक्त अभ्यासले प्राकृतिक विपद्को बेला छोटो समयभित्र उद्धार कार्य तथा जनधनको न्यूनतम क्षतिका लागि अपनाइने विधि, प्रयोग गर्न र क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताउनुभयो ।

जिल्लामा हुनसक्ने प्राकृतिक प्रकोपका घटनाबाट जनधनको क्षति न्यूनीकरण र उद्धारका लागि सुरक्षाकर्मी र आवश्यक विपद् व्यवस्थापन सामग्री तयारी अवस्थामा राखिएको प्रजिअ पाठकले बताउनुभयो । जल उत्पन्न प्राकृतिक प्रकोपको हिसाबले पश्चिम नवलपरासी १७ औँ स्थानमा पर्दछ भने बाढी, डुबान, पहिरो, नदी कटान, आगलागीलगायतका प्रकोपको उच्च जोखिममा पनि पर्दछ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने