2026-07-26 12:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

मोती सार्थक सम्मान रानालाई

साउन २३, गलकोट । यस वर्षको मोती सार्थक सम्मान कला क्षेत्रका  क्याप्टेन पूर्णबहादुर रानालाई प्रदान गरिने भएको छ । जिल्लामा अन्तर्राष्ट्रिय मूर्तिकला आयोजना गरेर प्रेरणादायक कार्यको नेतृत्व गर्नुभएका उहाँ पूर्वसांसद समेत हुनुहुन्छ ।  निरन्तरको समाजसेवा र कला साधनाको विकासमा अथक योगदान कदरस्वरुप उहाँलाई सो सम्मान प्रदान गर्न लागिएको सार्थक प्रकाशनले जनाएको छ ।

सार्थक प्रकाशन बागलुङले विसं २०७४ देखि विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई प्रत्येक वर्ष मोती सार्थक सम्मान प्रदान गर्दै आएको अध्यक्ष काजी रोशनले जानकारी दिनुभयो । सो सम्मान यसअघि २०७४ मा बागलुङका वरिष्ठ पत्रकार बिदुर खड्का, २०७५ मा चिकित्सक डा हेमा छन्त्याल र २०७६ मा मुस्ताङका पत्रकार भीम रसाइलीले प्राप्त गर्नुभएको थियो । 

यसैगरी धवल कला मन्दिरबाट प्रत्येक वर्ष प्रदान गरिँदै आएको धवल मोती सम्मान २०७७ बागलुङका महेशचन्द्र प्रधान र रमेशकुमार राजभण्डारीलाई संयुक्तरूपमा प्रदान गरिने भएको छ । स्मृति प्रकाशनबाट प्रदान हुने स्मृति युवा सम्मान २०७७ बाट गलकोटका सुन्तली कुँवर र  सरिता खड्कालाई प्रदान गर्ने निर्णय भएको अध्यक्ष रोशनले जानकारी दिनुभयो ।

धवल कला मन्दिरले साहित्य र कला सङ्गीतमा योगदान पुर्याउँदै आएका व्यक्तिलाई विसं २०७४ र  स्मृति प्रकाशनले विसं २०६५ देखि प्रत्येक वर्ष युवा सहित्यकारलाई सम्मान गर्दै आएको छ ।  ती सम्मान विसं २०७४ मा कृष्णलाल शाक्य, पद्मनारायण श्रेष्ठ, २०७५ मा सूर्यप्रसाद मिलन र इन्द्रकुमारी श्रेष्ठ र २०७६ मा ठाकुरजङ्ग राजभण्डारी र मछिन्द्र शाक्यले प्राप्त गर्नुभएको थियो । तीनवटै फरक–फरक संस्थाबाट प्रदान गरिने सम्मान सामूहिकरूपमा अगामी भदौ ३ गते मोती जयन्तीको अवसरमा प्रदान गरिने छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ