२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

रोकियो जात्रा

२३ श्रावण २०७७, शुक्रबार ०५:२२

साउन २३, बागलुङ । कोरोना सङ्क्रमणको जोखिम हुन नदिन यहाँको नेवार समुदायमा प्रचलित जात्रा र नाचहरु स्थगन गरिएको छ । भदौरे जात्राअन्तर्गतका सबै नाच यस वर्ष नदेखाउने निर्णय भएको शाक्य कल्याण समाज बागलुङका सचिव मञ्जुल शाक्यले जानकारी दिनुभयो । “समाजको बैठक बसेर यस वर्ष जात्रा र नाच ननिकाल्ने निर्णय गर्यौं ”, उहाँले भन्नुभयो, “कोरोना महामारीका कारण उत्पन्न विषम स्थितिका कारण जात्रा रोक्नुपर्यो ।”

नेवार समुदायका कलाकारले वर्षेनी जनैपूर्णिमादेखि कृष्णाष्टमीसम्म लाखे, बास्सा, रोपाइँ, जोगी, होवा, घोडा, कटुवाललगायतका नाच प्रदर्शन गर्थे । लाखेनाच त घण्टाकर्ण पर्वदेखि तीजसम्मै देखाउने चलन छ । घण्टाकर्ण, गाईजात्रा पर्व भने सुरक्षा सावधानीसहित मनाइएको थियो । गाईजात्रामा वर्ष दिनभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा तःहामचा निकाल्नैपर्ने परम्परा भएकाले रोक्न नसकिएको नेपाल भाषा मंकाःखलः बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताउनुभयो ।

लाखेलगायत थोरै कलाकार भए पुग्ने नाच देखाउने सोच बनाइए पनि कोरोना सङ्क्रमणको जोखिम थप बढेकाले स्थगन गर्नु नै उचित भएको उहाँको भनाइ छ । समाज र खलः भएर परम्परागत नाचको संरक्षण गर्दै आएका छन् ।

स्थिति ठिकठाक हुन्थ्यो भने अहिले बागलुङ बजारमा जात्राको रौनक छाउँथ्यो । तीन सय वर्षअघि भक्तपुरबाट आउँदासँगै ल्याएको जात्राको परम्परालाई नेवारहरुले जीवित राखेका छन् ।

भाइचारा, मेलमिलाप, सामाजिक सन्देश र मनोरञ्जनको माध्यमका रुपमा जात्रालाई लिइन्छ । भक्तपुर, धुलिखेल र भादगाउँबाट भित्रिएका नेवार जातिले बागलुङमा भदोरै जात्राको प्रचलन बसालेको संस्कृतिकर्मी प्रेम छोटा बताउनुहुन्छ । 

जात्राभित्र विभिन्न परम्परा झल्कने गीत, नाच प्रदर्शन हुने गरेको उहाँको भनाइ छ ।  जात्राले गीत, नृत्य र अभिनयबाट व्यङ्ग्य, पौराणिक कथा, जनजीवनका भोगाइ र स्वस्थ मनोरञ्जनलाई समेट्ने गरेको छ । संरक्षण अभावमा कतिपय नाच भने हराएको नेवार समुदायका अगुवा बताउँछन् । यसै त परम्परा जोगाउनै मुस्किल भइरहेका बेला कोरोना महामारीले थप प्रतिकूलता निम्त्याएको छ ।

पुस्तान्तरणको अभावमा नागनागिनीसहित कतिपय नाच हराइसकेका छन् । पछिल्लो समय लाखे नाच्ने कलाकारको पनि खाँचो खड्किने गरेको छ । आउँदा वर्षमा भदोरै जात्राले निरन्तरता पाउने समाजका सचिव शाक्यले बताउनुभयो । रासस 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य