४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

पूर्वपश्चिम राजमार्गमा राति सवारी साधन चलाउन रोक

२३ श्रावण २०७७, शुक्रबार ०५:४९

साउन २३, नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)मा आजदेखि रातको सयममा सवारी चलाउन रोक लगाइएको छ । जिल्लाको पूर्वपश्चिम राजमार्ग तथा भूमही–भैरहवा सडकखण्डबाहेक अन्य क्षेत्रमा अत्यावश्यक सेवाबाहेक सम्पूर्ण यात्रुबाहक तथा निजी सवारी साधनको आवागमनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

आजदेखि लागू हुने गरी राति ९ बजेदेखि बिहान ५ बजेसम्म आवश्यक सवारी साधनबाहेक अन्य सवारी साधनको आवागमनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिनुभयो । कोरोना भाइरस फैलन सक्ने जोखिमलाई ध्यानमा राखी यस्तो निर्णय गरिएको पाठकले बताउनुभयो ।

यसैगरी नेपाल–भारत सीमानाकामा गस्ती बढाई अनधिकृत रुपमा हुन सक्ने आवागमनलाई थप कडाइका साथ नियन्त्रण गरिने प्रशासनले जनाएको छ । खुला सिमानाका कारण भारतबाट लुकीछिपी आवतजवात भइरहेकाले थप सङ्क्रमणको जोखिम बढेको छ ।

जिल्लामा रहेका शैलुन र ब्यूटीपार्लर बन्द गराउनाका साथै होटल र रेष्टुराँमा हुने सामूहिक भोज, पार्टी, गोष्ठी वा अन्य भेला पूर्णरुपमा निषेध गरिएको छ । बाह्र वर्षमुनिका बालबालिका, ६० वर्षमाथिका व्यक्ति तथा दीर्घरोगीलाई कोरोना भाइरसको जोखिम उच्च रहेकाले घरबाट ननिस्कन आग्रह गरिएको छ । अत्यावश्यक कार्यका लागि बाहिर निस्किन परे स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गर्नुपर्ने प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड कडाइका साथ पालना गराउनका लागि सम्बन्धित सबै निकाय र स्थानीय तहबीच समन्वय गर्न निर्देशन दिइएको छ । साथै मास्क लगाउन प्रेरित गर्ने तथा सदरमुकाम प्रवेश गर्ने मुख्य नाकामा सुरक्षा निकाय र स्थानीय तहको समन्वयमा सचेतना अभिवृद्धि गराउनेसमेत निर्णय गरीएको छ । सचेत गराउँदासमेत स्वास्थ्य सुरक्षाको मापदण्ड उल्लङ्घन गरे जो कोहीलाई पनि जरिवाना गरी सङ्क्रमण रोग ऐनअनुसार कारवाहीको दायरामा ल्याइने प्रजिअ पाठकले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ