2026-09-13 04:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

बुबा मिर्गौलापीडित, छोराको करेन्ट लागेर मृत्यु

साउन २३, दमौली। साविक जामुने गाविसको गुणादी दभुङ घर भई हाल व्यास नगरपालिका–४ मा बस्दै आउनुभएका रामलाल श्रेष्ठको दुवै मिर्गौलाले काम गर्न छाडेको १८ महिना भयो । लामो समयसम्म शिक्षण पेशामा आबद्ध श्रेष्ठले त्यसयता नियमित डायलासिस गर्दै आउनुभएको छ । केही समय पोखरामा डायलासिस गराउनुभएका श्रेष्ठले हाल दमौली अस्पतालमा हप्ताको दुई दिन डायलासिस गराइरहनुभएको छ । 

घरको मूल व्यक्ति नै मिर्गौलाको रोगी भएपछि श्रेष्ठ परिवारमा एक प्रकारको पीडा थियो । उपचारका लागि आर्थिक अभाव भएपछि श्रेष्ठ परिवारले सहयोगका लागि अपिल गरिरहेको थियो तर श्रेष्ठ परिवारमाथि अर्को ठूलो बज्रपात आइपरेको छ । रामलालका छोरा ३० वर्षीय सुवास श्रेष्ठको गत साउन २१ गते व्यास नगरपालिका–१ भादगाउँमा करेन्ट लागेर ज्यान गएको छ । वल्र्डलिङ्कमा विगत एक वर्षदेखि कार्यरत श्रेष्ठले कामकै शिलशिलामा करेन्ट लागेर ज्यान गुमाउनुप¥यो ।

मिर्गौलाले काम गर्न नसकेपछि शिक्षण पेशाबाट राजिनामा दिएर उपचार गर्दै आउनुभएका ५५ वर्षीय श्रेष्ठलाई आर्थिक अभावकै कारण आफ्नो उपचारका लागि समस्या भइरहेका बेला छोराको निधनले थप पीडा भएको उहाँलाई नजिकबाट चिन्ने सञ्चारकर्मी विवि श्रेष्ठले बताउनुभयो । “श्रेष्ठको उपचारका लागि केही सहयोग गर्न सकिन्छ भनेर रकम सङ्कलन गर्न अभियान सञ्चालन गर्न लागेका थियौँ”, उहाँले भन्नुभयो, “तर एक्कासि एकदमै दुःखद् घटना घट्यो ।” रामलालका श्रीमती यशोदालाई श्रीमानको दुवै मिर्गौला फेल भएपछि पीडा त छँदै थियो छोराको निधनले थप पीडा दिएको छ । 

मेरुदण्ड भाँचिएकालाई रु तीन लाख

लडेर मेरुदण्ड भाँचिएका तनहुँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेकका ७१ वर्षीय वृद्ध आमबहादुर गुरुङको उपचारका लागि रु तीन लाख ३७ हजार ६१२ सहयोग गरिएको छ । थप्रेक घर भई बेलायतमा बस्ने नेपाली र स्थानीयस्तरमा सङ्कलन गरिएको उक्त रकम वृद्धको उपचारका लागि सहयोग गरिएको हो ।

वृद्धको उपचारका लागि बेलायत बस्ने नेपालीले रु दुई लाख ५० हजार पठाएका छन् भने स्थानीयस्तरबाट रु ८७ हजार ६१२ सङ्कलन भएको थियो । वृद्धको उपचारमा सहयोगका लागि हाल बेलायतमा बस्दै आएका पूर्णवीर गुरुङले पहल गर्नुभएको थियो । 

उक्त रकम वृद्धका आफन्तलाई हस्तान्तरण गरिएको शुक्लागण्डकी नगरपालिका–१ का वडाध्यक्ष रविचन्द्र पौडेलले जानकारी दिनुभयो । वृद्धको पोखरास्थित हरियोखर्क अस्पतालमा उपचार भइरहेको छ ।

गुरुङ गत जेठ २९ गते घाँस काट्न जाने क्रममा बारीको कान्लाबाट लडेर घाइते हुनुभएको थियो । हालसम्म अविवाहित गुरुङ भाइको घरमा बस्दै आउनुभएको छ । घाइते गुरुङको तत्काल उपचारका लागि मणिपाल अस्पताल पोखरामा लगिएकामा मणिपालबाट थप उपचारको लागि ग्रान्डी अस्पताल काठमाडौँ लगिएको थियो । ग्रान्डीमा केही दिन उपचारपश्चात् हरियोखर्क अस्पताल पोखरामा ल्याई उपचार गरिएको वडाध्यक्ष पौडेलले जानकारी दिनुभयो । रासस 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले