२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

पहिचान संरक्षणमा लगानी गरिँदै

२०७७, २३ श्रावण शुक्रबार ०७:०१

साउन २३, बलेवा । बागलुङको गलकोट नगरपालिकाले आफ्नो क्षेत्र चिनाएका दुई ठाउँको संरक्षणको योजना बनाएको छ । चालू वर्ष नगरपालिकाले गलकोट चिनाउने थिरबम मल्लको पार्क र शालिक निर्माण गर्ने योजना तथा बजेट विनियोजन गरेको हो । 

शालिक निर्माण र पार्क कुन स्थानमा बनाउने भन्ने यकिन नभए पनि चालू वर्षका लागि रु सात लाख बजेट विनियोजन गरिएको हो । नगरपालिकाले उपयुक्त स्थानमा जग्गा छनोट गरेर मल्लको मूर्ति बनाउने नगरप्रमुख भरत शर्मा गैरेले बताउनुभयो ।

विसं २००७ को आन्दोलनमा मल्लको मृत्यु भएको थियो । उहाँलाई प्रजातान्त्रिक आन्दोलनका शहीदका रुपमा चिनिने गरिएको छ । यसअघि बागलुङ नगरपालिका–१ को शहीद स्मृति पार्कमा चार शहीदसँगै थिरबमको अर्धकदको मूर्ति राखिएको छ । गलकोटमा शालिक निर्माण गर्दा पुरानो गलकोट राज्यको ऐतिहासिक बुझ्ने मौका मिल्ने भएकाले बजेट विनियोजन गरिएको उपप्रमुख रेणुका काउचाले बताउनुभयो । 

गलकोटलाई चिनाउने असला माछा पनि हो । गलकोटका असला माछाको पहिचान बनाउन राजमार्गसमेत रहेको हटिया बजारमा असला माछाको प्रतिमा बनाउने भएको हो । चालू वर्ष नै निर्माण थाल्ने योजनासहित रु दुई लाख बजेट विनियोजन गरिएको हो । पर्यटनको विकासका लागि माछाको प्रतिमाले पनि राम्रो सन्देश पुग्ने वडा नं ३ का अध्यक्ष वीरजङ्ग भण्डारीले बताउनुभयो । गलकोको पर्यटन विकासका लागि योजना बनाउने क्रममा माछाको विषयले प्राथमिकता पाएको हो ।

गलकोटमा हालै सम्पन्न मूर्तिकला कार्यशालाबाट तयार बन्दै गरेको सङ्ग्रहालयको व्यवस्थापनमा पनि नगरपालिकाले रु तीन लाख बजेट विनियोजन गरेको छ । दश देशका १५ कलाकारले २१ दिन लगाएर बनाएको मूर्तिकलाले वडा नं ५ को टेउवामा पर्यटकीय गन्तव्य बनाएको छ । निर्माणकै क्रममा लकडाउनले असर गरेकाले चाहेर पनि धेरै मानिस रोकिएका छन् । नपाले पर्यटन गुरुयोजनासमेत बनाउने तयारी गरेको छ । रु तीन लाख  विनियोजन गरेर गुरुयोजनाको कामसमेत थालिएकाले योजनानुसारका पर्यटन विकासका कार्यक्रम सञ्चालन गर्नेसमेत काउचाले जानकारी दिनुभयो । रासस 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते