२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

पहिचान संरक्षणमा लगानी गरिँदै

२३ श्रावण २०७७, शुक्रबार ०७:०१

साउन २३, बलेवा । बागलुङको गलकोट नगरपालिकाले आफ्नो क्षेत्र चिनाएका दुई ठाउँको संरक्षणको योजना बनाएको छ । चालू वर्ष नगरपालिकाले गलकोट चिनाउने थिरबम मल्लको पार्क र शालिक निर्माण गर्ने योजना तथा बजेट विनियोजन गरेको हो । 

शालिक निर्माण र पार्क कुन स्थानमा बनाउने भन्ने यकिन नभए पनि चालू वर्षका लागि रु सात लाख बजेट विनियोजन गरिएको हो । नगरपालिकाले उपयुक्त स्थानमा जग्गा छनोट गरेर मल्लको मूर्ति बनाउने नगरप्रमुख भरत शर्मा गैरेले बताउनुभयो ।

विसं २००७ को आन्दोलनमा मल्लको मृत्यु भएको थियो । उहाँलाई प्रजातान्त्रिक आन्दोलनका शहीदका रुपमा चिनिने गरिएको छ । यसअघि बागलुङ नगरपालिका–१ को शहीद स्मृति पार्कमा चार शहीदसँगै थिरबमको अर्धकदको मूर्ति राखिएको छ । गलकोटमा शालिक निर्माण गर्दा पुरानो गलकोट राज्यको ऐतिहासिक बुझ्ने मौका मिल्ने भएकाले बजेट विनियोजन गरिएको उपप्रमुख रेणुका काउचाले बताउनुभयो । 

गलकोटलाई चिनाउने असला माछा पनि हो । गलकोटका असला माछाको पहिचान बनाउन राजमार्गसमेत रहेको हटिया बजारमा असला माछाको प्रतिमा बनाउने भएको हो । चालू वर्ष नै निर्माण थाल्ने योजनासहित रु दुई लाख बजेट विनियोजन गरिएको हो । पर्यटनको विकासका लागि माछाको प्रतिमाले पनि राम्रो सन्देश पुग्ने वडा नं ३ का अध्यक्ष वीरजङ्ग भण्डारीले बताउनुभयो । गलकोको पर्यटन विकासका लागि योजना बनाउने क्रममा माछाको विषयले प्राथमिकता पाएको हो ।

गलकोटमा हालै सम्पन्न मूर्तिकला कार्यशालाबाट तयार बन्दै गरेको सङ्ग्रहालयको व्यवस्थापनमा पनि नगरपालिकाले रु तीन लाख बजेट विनियोजन गरेको छ । दश देशका १५ कलाकारले २१ दिन लगाएर बनाएको मूर्तिकलाले वडा नं ५ को टेउवामा पर्यटकीय गन्तव्य बनाएको छ । निर्माणकै क्रममा लकडाउनले असर गरेकाले चाहेर पनि धेरै मानिस रोकिएका छन् । नपाले पर्यटन गुरुयोजनासमेत बनाउने तयारी गरेको छ । रु तीन लाख  विनियोजन गरेर गुरुयोजनाको कामसमेत थालिएकाले योजनानुसारका पर्यटन विकासका कार्यक्रम सञ्चालन गर्नेसमेत काउचाले जानकारी दिनुभयो । रासस 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य