४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा पिसिआर ल्याब स्थापना गरिने

२३ श्रावण २०७७, शुक्रबार ०७:४४

साउन २३, विदुर । नुवाकोट क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाले त्रिशूली अस्पतालमा पिसिआर ल्याब परीक्षण मेशिन खरिद सञ्चालनका लागि रु ७६ लाख  दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।  

नुवाकोट कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले जिल्लास्थित त्रिशूली अस्पतालमा पिसिआर ल्याब स्थापना तथा सञ्चालन गर्नका लागि स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत सांसद खतिवडाले कोरोना परीक्षणका लागि पिसिआर मेशिन खरिद गर्न बजेट छुट्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । खतिवडाका अनुसार जिल्लामा कोरोना परीक्षणका लागि ढिलासुस्ती नहोस् र सर्वसाधारणले चाँडै परीक्षण भई उपचार पाउने छन् भन्ने उद्देश्यले पिसिआर ल्याब मेशिन खरिद गर्नलाई बजेट दिने निर्णय गरिएको हो ।  

विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले तत्कालै पिसिआर ल्याब मेशिन खरिद गर्नका लागि नगरपालिकाले बोलपत्र प्रक्रिया अगाडि बढाउने जानकारी दिनुभयो । पछि नगरपालिकाको रकमलाई स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत विदुर नगरपालिकालाई स्रोतभर्ना गरिनेछ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले छिमेकी धादिङ र रसुवामा समेत कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको हुनाले समुदायस्तरमा सङ्क्रमण फैलिने जोखिम कम गर्न पनि पिसिआर ल्याब स्थापना हुन जरुरी रहेको बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ