२७ चैत्र २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सोलु खोलामा पानीको बहाव उच्च

२३ श्रावण २०७७, शुक्रबार ०७:५५

साउन २३, सोलुखुम्बु । दूधकुण्ड ताल मुहान भई बग्ने सोलु खोलामा पानीको बहाव बढेको छ । आज बिहानदेखि पानीको बहाव उच्च देखिएको खोला किनारका बासिन्दाले बताएका छन् ।

सोलुदूधकुण्ड नगरपालिका–२ बेनीको खोला किनारमा २०१९ सालमा निर्माण गरिएको बाँध कटेर नदी बस्तीमा प्रवेश गरेको बेनी हाइड्रोपावरका जनसम्पर्क अधिकृत फुदोर्जी शेर्पाले बताउनुभयो । शेर्पाका अनुसार बिहानभन्दा अहिले पानीको सतह अत्यधिक बढेको छ । मौसम सफा भए पनि खोलामा पानीको बहाव बढ्नाले जोखिम महसुस भएको उहाँको भनाइ छ । 

गए राति ठूलो स्वरमा आवाज आए पनि कुन ताल फुटेको हो या पहिरो गएको भन्ने यकिन नभएको दूधकुण्ड क्षेत्रमा रहनुभएका लाक्पा लामाले बताउनुभयो । दूधकुण्ड पोखरी र अन्य दर्जनाँै साना पोखरीबाट बग्ने खोलाको सङ्गमस्थल शहर बेनीभन्दा माथिबाटै धमिलो खोला आएको उहाँको भनाइ छ । 

“कुन पोखरी फुट्यो, त्यो त थाहा भएन, राति चाहिँ ठूलो आवाज आएको हो”, लामाले भन्नुभयो, “हामीलाई पनि रात बिताउन गाह्रो भयो, अहिले सल्लेरीतर्फ झर्दैछौँ ।” नदीको मुहान क्षेत्रमा अहिले पानीको सतह क्रमैसँग घटेको भए पनि वास्तविकता भने पत्ता लगाउनुपर्ने उहाँको भनाइ छ । 

खोलामा पानीको बहाव उच्च भएसँगै किनार क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको सोलुखुम्बुका प्रहरी निरीक्षक मन्दीप चौहानले जानकारी दिनुभयो । “जिल्ला विपद् व्यवस्थापन समितिको टोली आवश्यक तयारीका साथ बसेको छ”, प्रहरी निरीक्षक चौहानले भन्नुभयो, “खोलामा पानीको बहाव घटेको भए पनि स्थलगत निरीक्षणको तयारीमा छाँै ।”

बाढीका कारण सोलु खोलामा निर्माणाधीन १९ मेगावाट क्षमताको बेनी हाइड्रोपावरको इन्टेक तथा विद्युत्गृह क्षेत्रसमेत जोखिममा परेको बताइएको छ । यस्तै २३.५ मेगावाट क्षमताको माथिल्लो सोलु हाइड्रोपावरमा समेत क्षति पुग्न सक्ने अनुमान गरिएको छ । कारणवश खोलामा बाढी आएका खण्डमा कम्तीमा तीन बस्तीका हजाराँै नागरिक विस्थापित हुनेछन् । 

जिल्ला सदरमुकामदेखि ३० कोस उत्तरपूर्व क्षेत्रमा दूधकुण्ड पोखरी पर्छ । उक्त पोखरीको तलतिर विगत १० वर्षदेखि सानोसानो पहिरो खस्ने क्रम जारी रहेकाले ताल जोखिममा रहेको अध्ययनकर्ता हिमाल गिरीको भनाइ छ । समयमा नै तालको संरक्षण नगरे जोखिम बढी हुने उहाँको भनाइ छ ।  रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अब ‘लोडसेडिङ’ हुँदैन : मन्त्री खड्का टाउकोमा ढुंगा प्रहार गरी एकजनाको हत्या कमल थापाले तीनकुने घटनामा कुनै साइनो नभएका पूर्वराजामाथि लाञ्छना लगाउने काम गरेको भने विवाहका लागि तयारी चलिरहेको समयमा छोरीले‘इङ्गेजमेन्ट’गरेको केटासँग आमा फरार मोटरसाइकल दुर्घटनामा परी दुई जनाको ज्यान गयो त्रिवि क्रिकेट मैदानको निमार्णकार्य २५ प्रतिशत सम्पन्न आज पनि शिक्षकहरूको काठमाडौँको माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन नारायणी नदीबाट सशस्त्र प्रहरीको टोलीले दुई जनाको शव निकाल्यो अछाम आगलागीबाट पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख सहयोग गर्ने निर्णय गरे उत्तरी चीनको हेबेई प्रान्तको एक नर्सिङ होममा आगलागी हुँदा २० जनाको मृत्यु शिक्षा मन्त्रालयले वार्ताका लागि आमन्त्रण गर्दा शिक्षक कर्मचारीहरू वार्तामा आएनन्, गोरखाको भीमसेनथापा गाउँपालिकाले पातपतिंगर संकलन गर्नेलाई नगद पुरस्कार प्रदान गर्ने रौतहटको बागमती खोलामा नुहाउने क्रममा डुबेर एक युवकको ज्यान गयो नारायणगढ-बुटवल खण्ड चैत २७ गतेदेखि चैत ३१ गतेसम्म अत्यावश्यक बाहेकका सवारी साधनको आउ-जाउ बन्द गरिँदै वायु प्रदूषणका कारणले गर्दा जनजिवन प्रभावित बन्दै सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ? ‘म्यानपावरले पाउने व्यावहारिक सेवा-शुल्क नतोक्दा आचारसंहिता लागू भएन’ नारायणी नदीमा डुबेर दुई दिदीभाइ बेपत्ता भ्रष्टाचारलाई जरैदेखि सफा गर्नुपर्छ : महामन्त्री थापा राजतन्त्र फर्कन्छ भन्ने कुरा दिउँसै देखेको सपना मात्रै हो : प्रधानमन्त्री ओली