४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

पाँचथरमा एक हजार बढीको पिसीआर परीक्षण

२५ श्रावण २०७७, आईतवार ०४:५१

रवीन्द्र काफ्ले । साउन २५, पाँचथर । जिल्लामा हालसम्म एक हजार जनाभन्दा बढीको पिसीआर परीक्षण गरिएको छ । स्वास्थ्य कार्यालय अनुसार शनिबारसम्म यहाँ एक हजार ४८ को पिसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये पाँच मा कोभिड–१९ पोजेटिभ आएको थियो । उनीहरु प्रदेश नं १ का विभिन्न अस्पतालमा उपचारपछि कोरोना भाइरसलाई जितेर घर फर्किसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । जनप्रतिनिधिले विशेष भूमिका खेलेपछि सङ्क्रमणको सम्भावना उच्च नरहे पनि यहाँ ठूलो सङ्ख्यामा पिसीआर परीक्षण गरिएको हो । यहाँ अग्रभागमा काम गर्ने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीसहित केही जनप्रतिनिधिको समेत पिसीआर परीक्षण गरिएको छ । 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले यहाँ पिसीआर परीक्षणका लागि सामग्री उपलब्ध गराएपछि ठूलो सङ्ख्यामा परीक्षण शुरु भएको थियो । यसपछि प्रदेश सरकारले स्वास्थ्य कार्यालयको माध्यमबाट निरन्तर स्वाब परीक्षण किट उपलब्ध गराउँदै आएकामा पछिल्लोपटक जिल्लास्थित स्थानीय तहहरुले आफैँले पनि स्वाब परीक्षण किट खरिद गरी परीक्षणको प्रबन्ध गरेका हुन् । जिल्लाका फालेलुङ, याङवरक, फिदिमलगायत स्थानीय तहले स्वाब परीक्षण किट खरिद गरी परीक्षणको प्रबन्ध गरेका छन् ।

जिल्लामा पाँच जनामा कोभिड–१९ पुष्टि भएको थियो र उनीहरु सबै सरकारी उद्धारमा विभिन्न मुलुकबाट फर्केकाहरु थिए । यहाँका पाँचथर क्याम्पस क्वारेन्टिन र फिदिम मावि क्वारेन्टिनमा गरी चार महिला र ३४ पुरुष गरी ३८ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । उनीहरुमध्ये केही विदेशबाट फर्केका तथा केही सङ्क्रमितको सम्पर्कमा पुगेको आशङ्का गरिएका व्यक्तिहरु छन् । क्वारेन्टिनमा रहेकालाई सरकारी मापदण्डअनुसार क्वारेन्टिनमा राखी स्वाब परीक्षणको नतिजा नेगेटिभ आएपछि घर पठाउने गरिएको स्वास्थ्य कार्यालयका प्रमुख नारद सुवेदीले जानकारी दिनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ