२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङमा मरेका कुखुरा भित्रिए

२७ श्रावण २०७७, मंगलवार ०५:१९

साउन २७, गलकोट । कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भन्दै बागलुङ जिल्लामा पशुपक्षी भित्र्याउन रोक लगाइए पनि अनुमतिविपरीत कुखुरा भित्रिएका छन् । सोमबार पोखराबाट भित्रिएको ५०० कुखुरामध्ये ३० कुखुरा मरेका र ४० कुखुरा बिरामी परेको फेला परेको छ । 

सोमबार बिहान भित्रिएकामध्ये मरेका कुखुरा बागलुङ नगरपालिका–३ गौंडाकोटको गोदाममा काट्दै गर्दा स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरी र बागलुङ नगरपालिकाको पशु शाखाको टोली गोदाममा पुग्दा ५०० कुखुरामध्ये ३० मरेको र ४० बिरामी परेको पाइएपछि मरेका कुखुरा जफत गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । 

कोरोना सङ्क्रमण फैलन सक्ने भन्दै जिल्लामा अवैध तरिकाले भित्रिएका कुखुरामध्ये मरेका कुखुरा काट्दै गरेको फेला पारेपछि स्थानीयवासीले जिल्ला प्रहरी र नगरपालिकालाई खबर गरेर जानकारी गराएको स्थानीय गङ्गा पुनले जानकारी दिनुभयो । मरेका कुखुरा भित्रिएको खबर पाएलगत्तै जिल्ला प्रशासन, प्रहरी, बागलुङ नगरपालिका, उपभोक्ता मञ्चलगायत सम्बन्धित निकाय त्यस स्थानमा पुगेर मुचुल्का तयार गरी प्रहरीलाई बुझाएका छन् ।

मरेका कुखुरा भित्र्याएर नागरिकको स्वास्थ्यमाथि खेलबाड भएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । नगरपालिकाले जिल्ला प्रहरी कार्यालय बागलुङलाई मरेका कुखुरा नष्ट गर्न पत्राचार गरेको र व्यवसायीलाई अन्य कुखुरा बिक्री वितरण गर्न रोक लगाएर गोदाममै राख्न भनेको नगरपालिकाका पशु शाखाका पशु स्वास्थ्य अधिकृत शशिधर शर्माले जानकारी दिनुभयो ।

यद्यपि स्थानीयवासीले सबै कुखुरा नष्ट गर्न माग गरेका छन् । नगरपालिकाले रोक लगाएको वस्तु बजारमा आउँदा सम्बन्धित निकायले बेवास्ता गरेको आरोप छ । स्थानीय गङ्गा पुनले मरेको कुखुरा काट्दै गरेको फेला पारेको भन्दै यसले मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने भन्दै सबै कुखुरा नष्ट गर्नुपर्ने बताउनुभयो ।

व्यवसायीले अप्रत्यक्षरूपमा यसअघि पनि पटक–पटक मरेको कुखुरा आयात गरेर बिक्री वितरण गर्दै आएको स्थानीयवासीको आरोप छ । नागरिकको खाद्य अधिकारमाथि खेलबाड भएको भन्दै अवैध कुखुरा आयात गर्ने र मरेका कुखुरा बिक्री वितरण गर्नेलाई कारवाही गर्नुपर्ने राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।  

बागलुङ बजारको लालीगुराँसचोकमा मासु पसल सञ्चालन गर्दै आएका व्यवसायी ग्रिन शाहले पोखराबाट बागलुङ बजारमा व्यापार गर्नका लागि आयात गरेको कुखुरा मरेको र बिरामी अवस्थामा फेला परेको जानकारी आएपछि तत्कालै कुखुरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक हेम केसीले जानकारी दिनुभयो । उहाँले नगरपालिकाले नष्ट गर्न पत्रचार गरेअनुसार मरेका सबै कुखुरा नष्ट गरिने जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य