Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङमा मरेका कुखुरा भित्रिए

२०७७, २७ श्रावण मंगलवार ०५:१९

साउन २७, गलकोट । कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भन्दै बागलुङ जिल्लामा पशुपक्षी भित्र्याउन रोक लगाइए पनि अनुमतिविपरीत कुखुरा भित्रिएका छन् । सोमबार पोखराबाट भित्रिएको ५०० कुखुरामध्ये ३० कुखुरा मरेका र ४० कुखुरा बिरामी परेको फेला परेको छ । 

सोमबार बिहान भित्रिएकामध्ये मरेका कुखुरा बागलुङ नगरपालिका–३ गौंडाकोटको गोदाममा काट्दै गर्दा स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरी र बागलुङ नगरपालिकाको पशु शाखाको टोली गोदाममा पुग्दा ५०० कुखुरामध्ये ३० मरेको र ४० बिरामी परेको पाइएपछि मरेका कुखुरा जफत गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । 

कोरोना सङ्क्रमण फैलन सक्ने भन्दै जिल्लामा अवैध तरिकाले भित्रिएका कुखुरामध्ये मरेका कुखुरा काट्दै गरेको फेला पारेपछि स्थानीयवासीले जिल्ला प्रहरी र नगरपालिकालाई खबर गरेर जानकारी गराएको स्थानीय गङ्गा पुनले जानकारी दिनुभयो । मरेका कुखुरा भित्रिएको खबर पाएलगत्तै जिल्ला प्रशासन, प्रहरी, बागलुङ नगरपालिका, उपभोक्ता मञ्चलगायत सम्बन्धित निकाय त्यस स्थानमा पुगेर मुचुल्का तयार गरी प्रहरीलाई बुझाएका छन् ।

मरेका कुखुरा भित्र्याएर नागरिकको स्वास्थ्यमाथि खेलबाड भएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । नगरपालिकाले जिल्ला प्रहरी कार्यालय बागलुङलाई मरेका कुखुरा नष्ट गर्न पत्राचार गरेको र व्यवसायीलाई अन्य कुखुरा बिक्री वितरण गर्न रोक लगाएर गोदाममै राख्न भनेको नगरपालिकाका पशु शाखाका पशु स्वास्थ्य अधिकृत शशिधर शर्माले जानकारी दिनुभयो ।

यद्यपि स्थानीयवासीले सबै कुखुरा नष्ट गर्न माग गरेका छन् । नगरपालिकाले रोक लगाएको वस्तु बजारमा आउँदा सम्बन्धित निकायले बेवास्ता गरेको आरोप छ । स्थानीय गङ्गा पुनले मरेको कुखुरा काट्दै गरेको फेला पारेको भन्दै यसले मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने भन्दै सबै कुखुरा नष्ट गर्नुपर्ने बताउनुभयो ।

व्यवसायीले अप्रत्यक्षरूपमा यसअघि पनि पटक–पटक मरेको कुखुरा आयात गरेर बिक्री वितरण गर्दै आएको स्थानीयवासीको आरोप छ । नागरिकको खाद्य अधिकारमाथि खेलबाड भएको भन्दै अवैध कुखुरा आयात गर्ने र मरेका कुखुरा बिक्री वितरण गर्नेलाई कारवाही गर्नुपर्ने राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।  

बागलुङ बजारको लालीगुराँसचोकमा मासु पसल सञ्चालन गर्दै आएका व्यवसायी ग्रिन शाहले पोखराबाट बागलुङ बजारमा व्यापार गर्नका लागि आयात गरेको कुखुरा मरेको र बिरामी अवस्थामा फेला परेको जानकारी आएपछि तत्कालै कुखुरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक हेम केसीले जानकारी दिनुभयो । उहाँले नगरपालिकाले नष्ट गर्न पत्रचार गरेअनुसार मरेका सबै कुखुरा नष्ट गरिने जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश