२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

बुटवल कोरोना अस्पतालमा दुईको मृत्यु

२८ श्रावण २०७७, बुधबार ०६:३७

साउन २८, बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारका लागि भर्ना गरिएका कपिलवस्तुका दुई कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको छ । कोरोना विशेष अस्पतालको सघन उपचार कक्षमा उपचारार्थ कपिलवस्तुका २५ वर्षीय र ४२ वर्षीय पुरुषको गएराति मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले जानकारी दिनुभयो । 

मृत्यु भएकामध्ये कृष्णनगर नगरपालिका­१० का २५ वर्षीय युवकलाई भने गए राति नै करिब १२ बजे कोरोना विशेष अस्पतालमा गम्भीर अवस्थामा ल्याइएकामा उपचारकै क्रममा राति २ बजे मृत्यु भएको डा खनालले जानकारी दिनुभयो । उनलाई कोरोना भाइरस सङ्क्रमणको लक्षण देखिएकाले सोहीअनुसार उपचार हुँदै गर्दा कोरोना सङ्क्रमणको पिसीआर परीक्षण नै गर्न नपाउँदै मृत्यु भएको उहाँले बताउनुभयो ।

कोरोना भाइरस सङ्क्रमणको लक्षणका आधारमा साउन २५ गते अस्पतालमा भर्ना भएका कपिलवस्तु नगरपालिका­२ का ४२ वर्षीय पुरुषको सोही दिन नै पिसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो । उनको स्वास्थ्य अवस्था गम्भीर देखिएपछि अस्पतालको भेन्टिलेटरमा राखेर उपचार हुँदै गर्दा मृत्यु भएको डा खनालले जानकारी दिनुभयो ।

मृतक दुबैको शव दाहसंस्कारका लागि अस्पतालको तर्फबाट प्रदेश सरकार सामाजिक विकास मन्त्रालयमा जानकारी गराइसकिएको समेत डा खनालले जानकारी दिनुभयो । कोरोना सङ्क्रमण पुष्टि भएका पुरुषको नेपाली सेनाले ‘प्रोटोकल’ अनुसार गर्ने र अर्का युवकको भने प्रदेश सरकारको निर्णय अनुसार हुने उहाँले बताउनुभयो ।

प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका स्वास्थ्य निर्देशक डा उमाशङ्कर चौधरीले मृतकको दाहसंस्कारका लागि प्रशासनले प्रक्रियाअनुसार नै गर्ने बताउनुभयो । उहाँले सङ्क्रमण पुष्टि भई नसकेका मृतकका पनि स्वाब परीक्षणका लागि पठाइएको र रिपोर्ट आएपछि दाहसंस्कार प्रक्रिया अघि बढाइने बताउनुभयो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्तले मृतकको बारेमा विस्तत विवरण आएपछि निजको परिवारको चाहनाअनुसार दाहसंस्कारका कहाँ गर्ने भनी निर्णय हुने बताउनुभयो । सङ्क्रमितको हकमा भने दाहसंस्कार जहाँ गरेपनि सरकारको ‘प्रोटोकल’ अनुसार हुने बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य