२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

वीरेन्द्रनगरमा पाँच दिन निषेधाज्ञा

३० श्रावण २०७७, शुक्रबार ०५:५७

साउन ३०, कर्णाली । प्रदेश राजधानी वीरेन्द्रनगरमा आगामी भदौ १ देखि ५ गतेसम्म निषेधाज्ञा लागू हुने भएको छ । वीरेन्द्रनगरमा दैनिक कोरोना सङ्क्रमण बढ्न थालेपछि जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसमा जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले पाँच दिनसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।

यसपटकको निषेधाज्ञा वीरेन्द्रनगर नगरपालिकामा मात्र लागू हुनेछ । जिल्ला प्रशासन कार्यालयका अनुसार मेडिकल, खानेपानी, फोहोरमैला व्यवस्थापन, ग्यास, दूध, तरकारी, खाद्यान्न जस्ता अत्यावश्यक सामग्रीका पसलबाहेक अन्य सबै बन्द हुनेछन् । सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले भदौ १ गते बिहान ६ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्म वीरेन्द्रनगरमा क्षेत्रमा निषेधाज्ञा जारी गर्ने निर्णय भएको बताउनुभयो । आदेशको बर्खिलाफ गरेको पाइएमा स्थानीय प्रशासन ऐन २०२८ र सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ ।  

प्रशासनले निषेधाज्ञा जारी हुनुअघि आवश्यक पर्ने सम्पूण उपभोग्य वस्तु मौज्दातमा राख्न सर्वसाधारणलाई आग्रह गरेको छ । त्यस्तै जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रको वीरेन्द्रनगरमा पास लिएर आएका सवारीसाधनका यात्रुले सीमा नाकामा अनिवार्य रुपमा पिसिआर परीक्षण गरेको रिपोर्ट देखाउनुपर्ने निर्णय गरेको छ । बबई, काल्चे र कुइने सिमानामा पिसिआर परीक्षणको रिपोर्ट देखाउनुपर्नेछ । वीरेन्द्रनगरमा मात्रै हिजो(बुधबार) र आज(बिहीबार) गरी ३५ कोरोना सङ्क्रमित फेला परेका थिए । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने