Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मध्यपहाडी लोकमार्ग भासियो, ठूलो दुर्घटनाबाट बच्यो

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

निरन्तरको वर्षाका कारण जमिन गलेपछि मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्डमा निर्माणाधीन सडक भासिएको छ।
लोकमार्ग अन्तर्गत पोखरा-बागलुङ सडक खण्डअन्तर्गत पर्वतको कुस्मा नगरपालिका ७ खरेहास्थित फलामखानी नजिकैको सडक भासिएको हो।

पोखरा बागलुङ सवारी सञ्चालनका लागि प्रयोग हुँदै आएको पुरानो सडकलाई नै स्तरोन्नति गरेर मध्यपहाडी लोकमार्गमा परिणत गर्न लागिएको सडक भासिएपछि सवारी सञ्चालनमा जोखिम भएको छ। कालोपत्रे गर्ने अन्तिम तयारी अवस्थामा रहेको बेलामा भएको लकडाउनका कारण काम रोकिएको अवस्थामा सडक भासिएको हो।

छेउबाट सडकको मध्य भागसम्म भासिएका कारण तत्कालका लागि भासिएको ठाउँमा एकतर्फी रूपमा मात्रै सवारी चल्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी सहायक निरीक्षक राजेन्द्र पौडेलले बताए।

सो संँगै लाखौ खर्च गरेको ॐ पार्कको भविधष्य अन्योलमा परेको छ । गण्डकी प्रदेश सरकारको लगानीमा तयार भएको ॐ पार्क अलपत्र परेको थियो त्यसमाथि पहिरोको चपेटमा पर्ने खतरा बढेको छ ।