2026-09-13 04:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्बतमा एकै दिन ८६जनाले गरे रक्तदान

पर्बतमा आज ८६जनाले रक्तदान गरेका छ्न, लायन्स क्लब अफ कुश्मा बृज सिटिले रक्तदान कार्यक्रमको आयोजना गरेको हो। महामारीको समयमा अत्यावश्यक रगतको अभाव हुन थालेसंगै पर्वतमा रक्तदान थालिएको छ । रगत अभाबलाई मध्यनजर गर्दै अभाव हुन नदिन आईतबार रक्तदान कार्यक्रम थालिएको हो ।

महामारीको घडिमा रगत अभाव हुन नदिन रक्तदान गरिएको आयोजक लायन्स क्लब अफ कुश्मा बृज सिटिले जनाएको छ । कोरना संक्रमणको कारण मानिस घरमै रहने तथा चाहिएको बेलामा रक्तदान कार्यक्रम नहुने हुँदा रगत अभावको सम्भावनालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम गरीएको लायन्स क्लब अफ पर्वत बृज सिटिका अध्यक्ष सुर्वण अर्यालले बताउनुभयो ।

यस्तो समयमा गण्डकी प्रदेशको राजधानी लगायतका शहरहरुमा रगतको अभाब हुन थालेसंगै रक्तदान कार्यक्रम आयोजना गरीएको पनि उहाँले बताउनुभयो ।

देशभर रगतको अभाव भएको समाचार आइरहँदा बृज सिटिले आयोजना गरेको रक्तदान कार्यक्रममा समाजका विभिन्न तहका नागरिकले साहसका साथ रक्तदान गरेको अध्यक्ष अर्यालले बताउनुभयो । उहाँले भन्नुयो,‘यो अवस्थामा नेपाल रेडक्रस सोसाइटी पर्वतको समन्वयमा सामाजिक दूरी कायम गर्दै सकेसम्म सुरक्षाका सबै उपाय अपनाएर गरिएको रक्तदान कार्यक्रमले धेरै बिरामीको उपचारमा सहयोग पुग्ने अपेक्षा गरेको छु ।’

रक्तदान कार्यक्रमको उद्घाटन गर्दै कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशिले (कोभिड–१९)को महामारीको समयमा क्लबले गरेको काम सहनिय रहेको बताउनुभयो । देशभर महामारी मात्र नभएर धेरै ठाउँहरुमा बाढी पहिरोबाट मानीसहरुको ज्यान जानुका साथै घाईते भएको अबस्थामा रगतको आबश्यकता पर्ने भएकोले यसबाट ठुलो राहात पुग्ने बताउनुभयो ।

(कोभिड–१९)को महामारी र कतिपय ठाउँहरुमा रगत अभावको बेला लायन्स क्लब अफ पर्वत बृज सिटिले गरेको रक्तदानले धेरै नै राहत हुने नेपाल रेडक्रस सोसाइटी पर्वतका अध्यक्ष रुद्र रिमालले बताउनुभयो । ‘सामाजिक दूरी कायम गर्ने, बढी भिडभाड नगर्ने, रक्तदाताको ज्वरो, प्रेसर लगायतका सबै जाँच गर्ने, उहाँहरुको स्वस्थ्य अवस्थाबारे जानकारी लिने, रगत दान गर्ने ठाउँलाई पनि पहिला नै सफा गर्ने गरेर मात्रै रगत लिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले