२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङ बजार एक साता बन्द

२ भाद्र २०७७, मंगलवार १०:५६

भदौ २, बागलुङ । कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै बागलुङ उद्योग वाणिज्य सङ्घले एक साताका लागि उद्योग, व्यवसाय बन्द गर्न व्यवसायीमा आग्रह गरेको छ । गए मध्यरातिदेखि लागू हुने गरी यही भदौ ७ गतेसम्म बजार बन्द गर्ने निर्णय भएको सङ्घले जनाएको छ ।

सङ्घका अध्यक्ष युवराज राजभण्डारीद्वारा सोमबार जारी विज्ञप्तिमा “अत्यावश्यक खाद्य सामग्री, मासुजन्य, दुग्धजन्य, पानी, औषधि, सरसफाइका सामग्री, तरकारी, ग्यास, इन्धनबाहेकका सबै उद्योग तथा पसलहरु बन्द गरिदिनुहुन अनुरोध छ”, उल्लेख छ ।

अत्यावश्यक वस्तु किनमेल पनि बिहान ७ः३० देखि १० बजेसम्म र बेलुका ४ देखि ६ बजेसम्म मात्र गर्ने प्रबन्ध मिलाउन अनुरोध गरिएको छ । सङ्घले पसल, व्यवसाय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन व्यवसायीमा आग्रह गरेको छ ।

बागलुङ नगरपालिका–१, २, ३ र ४ वडाले पनि वडाबाट प्रदान गरिने सेवा एक सातालाई बन्द गरिएको जनाएका छन् । अत्यावश्यकबाहेकका अन्य पसल, व्यवसाय र सेवा बन्द गरी सहयोग गरिदिन वडाले सबैमा आग्रह गरेका छन् । सङ्घ र वडाको निर्णयअनुसार आज बिहानैदेखि अत्यावश्यकबाहेकका पसल, व्यवसाय बन्द छन् ।

“बजारमा भीडभाड बढेकाले कोराना फैलने डर भयो, त्यसैले कडाइ गर्ने निर्णय भएको हो”, वडा नं २ का अध्यक्ष जीवन आचार्यले भन्नुभयो । समुदायका व्यक्तिमा कोरोना देखिन थालेपछि जिल्लामा कडाइ गर्न थालिएको हो । केही दिनअघि जनप्रतिनिधि, स्वास्थ्यकर्मी, व्यवसायीलगायतमा कोरोना पुष्टि भएको थियो । यसअघि जिल्ला सङ्कट व्यवस्थापन र सुरक्षा समितिले आइतबारदेखि लागू हुने गरी सवारी साधनलाई जोर÷बिजोर प्रणालीका आधारमा चलाउने निर्णय गरेको थियो ।

यस्तै खुला स्थानमा भीडभाड गर्ने, भेला हुने र जुलुस आदिजस्ता कार्यलाई रोक लगाइएको छ । नित्य पूजापाठबाहेक मन्दिरमा हुने धार्मिक कार्य बन्द गर्ने, मेला, जात्रा, सार्वजनिक कार्यक्रम, गोष्ठी, सेमिनार, भेला आयोजना गर्न नपाइने निर्णय गरिएको छ । होटल, रेष्टुराँलाई पनि प्याकिङ गरी खाना लैजाने (टेकअवे) सेवा मात्र प्रदान गर्न अनुरोध गरिएको छ । वडाध्यक्षमा कोरोना देखिएपछि बडिगाड गाउँपालिका पनि भदौ ७ गतेसम्मलाई सिल गरिएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य