२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दैलेख - DLK

ठाँटीकाँध र नौमूलेः तीन जनाको निधन

३ भाद्र २०७७, बुधबार १६:१९

भदौ ३, दैलेख | लगातार परेको वर्षात्सँगै आएको बाढीपहिरोसँगै  दैलेखमा एकै दिन तीन जनाले ज्यान गुमाएका छन् । प्राकृतिक विपत्तिमा परेर एक जना बेपत्ता भएका छन् ।

ठाँटीकाँध गाउँपालिका वडा नं ४ गैरागाउँमा मङ्गलबार राति आएको पहिराले घर पुरिँदा ११ वर्षीय जनक कठायतको मृत्यु भएको छ भने अन्दाजी १२ वर्षीय  लोकेश कठायत बेपत्ता भएका छन् । यस्तै भगवतीमाई गाउँपालिका –५ कट्टीमा लगातारको वर्षात्सँगै  घर भत्किँदा बलबहादुर रावतको मृत्यु भएको छ । अन्य परिवार अलग घरमा सुतेको र बलबहादुर मात्रै सुतेको घर पहिराले पूरै पुरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

नौमूले गाउँपालिका वडा नं ५ भित्रीखोला छेउमा खोलाले बगाएर मृत्यु भएका एक पुरुषको शव फेला परेको छ  । मृत्यु हुनेमा नौमूले– ४ बस्ने २१ वर्षीय भविलाल बुढा रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख हरिबहादुर ओलीले जानकारी दिनुभयो । 

बुढाको मृत्यु खोलाले बगाएर नभई हत्या गरिएको हुन सक्ने जनाउँदै आफन्तले घटनाको विस्तृत छानबिन गरिदिन माग गरेका छन् । कालिका बजारबाट घर जान्छु भनेर जानुभएका उहाँको घरभन्दा करीब दुई घण्टा तल खोला किनारमा शरीरमा कपडा नभएका अवस्थामा शव भेटिएको थियो । टाउको र अन्य भागमा चोट देखिएको छ । घटनास्थल मुचुल्का गरिएको छ । शव परीक्षणका लागि स्वास्थ्य कार्यालय दैलेख  ल्याउँदै गरिएको छ । नौमूले प्रहरीले घटनाको विस्तृत अनुसन्धान गर्ने बताएको छ । 

राजमार्ग अवरुद्ध 

लगातारको वर्षात्सँगै कर्णाली राजमार्गको दैलेखखण्ड अवरुद्ध भएको छ । सदरमुकाम दैलेख बजारदेखि विभिन्न पालिका जोड्ने सडक अवरुद्ध छन् । पालिकाले वडास्तरसम्म निर्माण गरेका अधिकांश सडक अवरुद्ध भएका छन् ।

कर्णाली राजमार्गमा पर्ने रामाघाट बजार डुबानमा पर्ने खतरा भएपछि मङ्गलबार राति नै बस्ती उठाइएको छ । राति नै रामाघाट बजारमा बसोबास गर्नेहरुलाई प्रहरीले उद्धार गरेको हो । हरेक वर्ष कर्णालीमा बहाव बढेसँगै रामाघाट बजार नजीक बग्ने रामाघाट खोला थुनिने र  खोला नजीकै रहेको बजार जोखिममा पर्दै आएको छ । सुरक्षित स्थानमा बस्ती स्थानान्तरण गर्न हरेक वर्ष कुरा उठे पनि दिगो समाधानका लागि भने अहिलेसम्म काम भएको छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान