२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दैलेख - DLK

ठाँटीकाँध र नौमूलेः तीन जनाको निधन

२०७७, ३ भाद्र बुधबार १६:१९

भदौ ३, दैलेख | लगातार परेको वर्षात्सँगै आएको बाढीपहिरोसँगै  दैलेखमा एकै दिन तीन जनाले ज्यान गुमाएका छन् । प्राकृतिक विपत्तिमा परेर एक जना बेपत्ता भएका छन् ।

ठाँटीकाँध गाउँपालिका वडा नं ४ गैरागाउँमा मङ्गलबार राति आएको पहिराले घर पुरिँदा ११ वर्षीय जनक कठायतको मृत्यु भएको छ भने अन्दाजी १२ वर्षीय  लोकेश कठायत बेपत्ता भएका छन् । यस्तै भगवतीमाई गाउँपालिका –५ कट्टीमा लगातारको वर्षात्सँगै  घर भत्किँदा बलबहादुर रावतको मृत्यु भएको छ । अन्य परिवार अलग घरमा सुतेको र बलबहादुर मात्रै सुतेको घर पहिराले पूरै पुरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

नौमूले गाउँपालिका वडा नं ५ भित्रीखोला छेउमा खोलाले बगाएर मृत्यु भएका एक पुरुषको शव फेला परेको छ  । मृत्यु हुनेमा नौमूले– ४ बस्ने २१ वर्षीय भविलाल बुढा रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख हरिबहादुर ओलीले जानकारी दिनुभयो । 

बुढाको मृत्यु खोलाले बगाएर नभई हत्या गरिएको हुन सक्ने जनाउँदै आफन्तले घटनाको विस्तृत छानबिन गरिदिन माग गरेका छन् । कालिका बजारबाट घर जान्छु भनेर जानुभएका उहाँको घरभन्दा करीब दुई घण्टा तल खोला किनारमा शरीरमा कपडा नभएका अवस्थामा शव भेटिएको थियो । टाउको र अन्य भागमा चोट देखिएको छ । घटनास्थल मुचुल्का गरिएको छ । शव परीक्षणका लागि स्वास्थ्य कार्यालय दैलेख  ल्याउँदै गरिएको छ । नौमूले प्रहरीले घटनाको विस्तृत अनुसन्धान गर्ने बताएको छ । 

राजमार्ग अवरुद्ध 

लगातारको वर्षात्सँगै कर्णाली राजमार्गको दैलेखखण्ड अवरुद्ध भएको छ । सदरमुकाम दैलेख बजारदेखि विभिन्न पालिका जोड्ने सडक अवरुद्ध छन् । पालिकाले वडास्तरसम्म निर्माण गरेका अधिकांश सडक अवरुद्ध भएका छन् ।

कर्णाली राजमार्गमा पर्ने रामाघाट बजार डुबानमा पर्ने खतरा भएपछि मङ्गलबार राति नै बस्ती उठाइएको छ । राति नै रामाघाट बजारमा बसोबास गर्नेहरुलाई प्रहरीले उद्धार गरेको हो । हरेक वर्ष कर्णालीमा बहाव बढेसँगै रामाघाट बजार नजीक बग्ने रामाघाट खोला थुनिने र  खोला नजीकै रहेको बजार जोखिममा पर्दै आएको छ । सुरक्षित स्थानमा बस्ती स्थानान्तरण गर्न हरेक वर्ष कुरा उठे पनि दिगो समाधानका लागि भने अहिलेसम्म काम भएको छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल