२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

विद्युत अवरुद्ध हुँदा आठसय घरधुरी अन्धकारमा

४ भाद्र २०७७, बिहीबार ०८:४९

सर्जना कार्की । भदौ ४ रुकुमपूर्व । रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिकामा करिव एक महिनादेखि विद्युत अवरुद्ध भएको छ । ओख्मा लघु जलविद्युत आयोजनाको पावर हाउसमा समस्या आएपछि गाउँपालिकाको वडा नं १२ र १३ मा विद्युत सेवा पूर्ण रुपमा अवरुद्ध भएको हो । 

गत साउनको पहिलो सातादेखि विद्युत सेवा अवरुद्ध हुँदा ती दुई वडाका करिव आठसय घरधुरी  समस्यामा परेका छन् । विद्युत उत्पादन सप्लाइ गर्ने दुई ठाउँको ट्रान्सफर्मर जलेपछि विद्युत अवरुद्ध भएको ओख्मा लघु जलविद्युत आयोजना उपभोक्ता समितिका अध्यक्ष जनक बुढाले जानकारी दिनुभयो । 

वर्षातको समयमा सामान ढुवानीगर्न समस्या हुनुका साथै बन्दाबन्दीकोले नयाँ उपकरण ल्याउन समस्या भएको उहाँले बताउनुभयो । पुथा १२ स्थित आयोजनाको विद्युत अवरुद्ध हुँदा ती दुई वडाका गोल्खाडा, कोल, गर्खानी, खैरे र विर्गुम लगायत गाउँका आठ सय घरधुरी विद्युत सेवाबाट वञ्चित भएका हुन् । यस्तै ओख्मा र कोलमा गरी दुई ठाउँको ट्रान्सफर्मर गत फागुन महिनामा जलेदेखि  नयाँ जडान नगरिएको र फागुदेखि कोल गाउँ र प्राथमिक स्वास्थ्य केन्द्र कोलले विद्युतको समस्या झेलिरहेका छन् । 

पावर हाउसको विद्युतीय उपकरण र ट्रान्सफर्मर ल्याउन पहल भइरहेको पुथा १२ का वडाध्यक्ष गंगाबहादुर पुनले बताउनुभयो । ट्रान्सफर्मर खरिदको लागि १२ र १३ नम्बर वडाले  पाँच/पाँच लाख र गाउँपालिकाले  पाँच लाख गरी जम्मा  १५ लाख बजेटसमेत विनियोजन गरेको वडाध्यक्ष पुनले जानकारी दिनुभयो । दुई वडा कार्यालय र विद्युत उपभोक्ता समितिको समन्वयमा अवरुद्ध भएको विद्युत सेवा सुचारु गरिदिन स्थानीयले अनुरोध गरेका छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता