Skip to content
Friday, July 17, 2026 Nepali Online Media

४७ जना फरार मुद्दाका पक्राउ, रु १० लाख राजश्व सङ्कलन

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

भदौ ७, तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दाका फरार ४७ जनालाई पक्राउ गरेको छ । अदालतबाट फैसला भई दण्ड, जरिवाना, धरौटी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भई फरार रहेका व्यक्तिलाई पक्राउ गरिएको हो । यसरी पक्राउ परेका फरार व्यक्तिबाट रु १० लाख राजश्व सङ्कलन भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका व्यक्तिको खोजी गर्ने कार्यलाई तीव्रता दिन अभियानकै रूपमा थालिएपछि उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो । ज्यान मुद्दा, लागुऔषध, बलात्कार, जालसाजी, बहुविवाह, चोरीलगायतका फरार मुद्दाका व्यक्तिलाई पक्राउ गरिएको उहाँले बताउनुभयो । यसरी फरार हुने मुद्दामा अधिकांश चोरी घटनाका छन् ।

तनहुँको प्रहरी प्रमुखमा प्रहरी उपरीक्षक अरुण पौडेल आउनु भएलगत्तै फरार व्यक्तिको खोजी र पक्राउ अभियान थालिएको हो । उहाँ आउनुभएको करिब दुई महिनाको अवधिमा प्रहरी उनीहरुलाई पक्राउ गर्न सफल भएको हो । उहाँले भन्नुभयो, “विभिन्न मुद्दाका फरार व्यक्ति धमाधम पक्राउ पर्न थालेपछि जिल्लावासीले सुरक्षाको अनुभूति गर्न थालेको महसुस गरिएको छ ।”

एकै व्यक्तिबाट सात लाख बढी राजश्व सङ्कलन

जालसाजी मुद्दामा फरार रहेका जिल्लाको बन्दीपुर गाउँपालिका–२ पार्चे तीनपाटे निवासी ७२ वर्षीय रुद्रबहादुर कामीबाट रु सात लाख २५ हजार राजश्व सङ्कलन भएको छ । कामीउपर तनहुँ जिल्ला अदालतको विसं २०७४ भदौ ४ गतेको फैसलाले उक्त रकम जरिवाना फैसला गरेको थियो । निज व्यक्तिलाई आफ्नै घरमा लुकीछिपी रहेको अवस्थामा प्रहरीले फेला पारी कानूनी रीतपूर्वक पक्राउ गरी तनहुँ जिल्ला अदालतसमक्ष पेश गरिएको थियो ।