२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

कन्ट्याक्ट ट्रेसिङको काम थप जटिल बन्दै

८ भाद्र २०७७, सोमबार ०४:४३

भदौ ८, नवलपरासी । समुदायस्तरमा कोरोना फैलिएको पुष्टि भएपछि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा कन्ट्याक्ट ट्रेसिङको काम थप जटिल बन्दै गएको छ । स्वाब सङ्कलन गराएका अधिकांश व्यक्ति रिपोर्ट नआउँदासम्म होम आइसोलेसनमा नबसी हिँडडुल गर्ने गरेको पाइएकोले कन्ट्याक्ट ट्रेसिङको काम जटिल बन्दै गएको स्वास्थ्य कार्यालयले जनाएको  छ । 

सम्भावित सङ्क्रमितले स्वाब सङ्कलन गराउने तर स्वाब सङ्कलन गराएपश्चात् होम आइसोलेसनमा नबस्ने गरेपछि कन्ट्याक्ट ट्रेसिङको काम थप जटिल बन्दै गएको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिनुभयो । स्वास्थ्य कार्यालयका अनुसार स्वाब सङ्कलन  गराउने व्यक्ति सम्भावित सङ्क्रमित हुनसक्छ । स्वाब सङ्कलन गराएपछि सम्भावित सङ्क्रमित रिपोर्ट नआएम्म होम आइसोलेसनमा अनिवार्य रूपमा बस्नुपर्ने हुन्छ  । 

अनिवार्य रूपमा होम आइसोलेसनमा नबस्ने र रिपोर्ट आउने समयसम्म सङ्क्रमित व्यक्तिको हिँडडुलकै कारण अन्य व्यक्तिलाई पनि सङ्क्रमण फैलिसकेकाले कन्ट्याक्ट ट्रेसिङको काम थप जटिल बन्दै गएको स्वास्थ्य कार्यालयले जनाएको  छ । यसरी स्वाब सङ्कलन गराएका सबै व्यक्ति अनिवार्यरूपमा होम आइसोलेसनमा नबसेको पाइएपछि स्वाब सङ्कलन गराउने सबै व्यक्तिको नामावली सङ्कलन गरी अनिवार्यरूपमा निगरानी गर्ने तयारी गरिएको छ । 

जिल्लास्तरीय कोरोना नियन्त्रण समितिका अनुसार अब सबै स्थानीय तहले आआफ्नो स्थानीय तहमा स्वाब सङ्कलन गराएका सबै व्यक्तिको नामावली अनिवार्यरूपमा समितिमा पठाउनुपर्ने हुन्छ । समितिले आवश्यकतानुसार सो नामावली सार्वजनिक गर्ने र सम्बन्धित स्थानीय तहमार्फत स्वाब सङ्कलन गराएका व्यक्तिहरुलाई अनिवार्यरूपमा होम आइसोलेसनमा बसाउन निगरानी गर्ने तयारी गरिएको स्वास्थ्य कार्यालयका प्रमुख ढकालले जानकारी दिनुभयो । जिल्लामा चार स्वास्थ्यकर्मी, विभिन्न कार्यालयमा कार्यरत छ कर्मचारी, एक जना गाउँपालिका अध्यक्षसहित हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १७८ पुगेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’