Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

कन्ट्याक्ट ट्रेसिङको काम थप जटिल बन्दै

२०७७, ८ भाद्र सोमबार ०४:४३

भदौ ८, नवलपरासी । समुदायस्तरमा कोरोना फैलिएको पुष्टि भएपछि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा कन्ट्याक्ट ट्रेसिङको काम थप जटिल बन्दै गएको छ । स्वाब सङ्कलन गराएका अधिकांश व्यक्ति रिपोर्ट नआउँदासम्म होम आइसोलेसनमा नबसी हिँडडुल गर्ने गरेको पाइएकोले कन्ट्याक्ट ट्रेसिङको काम जटिल बन्दै गएको स्वास्थ्य कार्यालयले जनाएको  छ । 

सम्भावित सङ्क्रमितले स्वाब सङ्कलन गराउने तर स्वाब सङ्कलन गराएपश्चात् होम आइसोलेसनमा नबस्ने गरेपछि कन्ट्याक्ट ट्रेसिङको काम थप जटिल बन्दै गएको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिनुभयो । स्वास्थ्य कार्यालयका अनुसार स्वाब सङ्कलन  गराउने व्यक्ति सम्भावित सङ्क्रमित हुनसक्छ । स्वाब सङ्कलन गराएपछि सम्भावित सङ्क्रमित रिपोर्ट नआएम्म होम आइसोलेसनमा अनिवार्य रूपमा बस्नुपर्ने हुन्छ  । 

अनिवार्य रूपमा होम आइसोलेसनमा नबस्ने र रिपोर्ट आउने समयसम्म सङ्क्रमित व्यक्तिको हिँडडुलकै कारण अन्य व्यक्तिलाई पनि सङ्क्रमण फैलिसकेकाले कन्ट्याक्ट ट्रेसिङको काम थप जटिल बन्दै गएको स्वास्थ्य कार्यालयले जनाएको  छ । यसरी स्वाब सङ्कलन गराएका सबै व्यक्ति अनिवार्यरूपमा होम आइसोलेसनमा नबसेको पाइएपछि स्वाब सङ्कलन गराउने सबै व्यक्तिको नामावली सङ्कलन गरी अनिवार्यरूपमा निगरानी गर्ने तयारी गरिएको छ । 

जिल्लास्तरीय कोरोना नियन्त्रण समितिका अनुसार अब सबै स्थानीय तहले आआफ्नो स्थानीय तहमा स्वाब सङ्कलन गराएका सबै व्यक्तिको नामावली अनिवार्यरूपमा समितिमा पठाउनुपर्ने हुन्छ । समितिले आवश्यकतानुसार सो नामावली सार्वजनिक गर्ने र सम्बन्धित स्थानीय तहमार्फत स्वाब सङ्कलन गराएका व्यक्तिहरुलाई अनिवार्यरूपमा होम आइसोलेसनमा बसाउन निगरानी गर्ने तयारी गरिएको स्वास्थ्य कार्यालयका प्रमुख ढकालले जानकारी दिनुभयो । जिल्लामा चार स्वास्थ्यकर्मी, विभिन्न कार्यालयमा कार्यरत छ कर्मचारी, एक जना गाउँपालिका अध्यक्षसहित हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १७८ पुगेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ