2026-09-13 03:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङमा थप एक साता निषेधाज्ञा

भदौ ८, गलकोट (रासस) । बागलुङमा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि थप एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला सदरमुकामसमेत रहेको बागलुङ बजारको समुदायमा सङ्क्रमण फैलिएको निष्कर्षसहित यही भदौ ३ देखि ९ गतेसम्म गरिएको निषेधाज्ञा सोमबार बसेको जिल्ला प्रशासन कार्यालय र सरोकार हुनेको बैठकले थप एक साता जारी राख्ने निर्णय गरेको हो । 

गत साउन ३१ र ३२ गते बागलुङ नगरपालिका–२ र ३ का दुई महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि समुदायमा सङ्क्रमण फैलिएको थियो । बागलुङ बजारकै दुई महिलाकै सम्पर्कमा आएकामा हालसम्म नौ जनामा कोरोना पुष्टि भएपछि थप निषेधाज्ञा गर्न  नगरपालिकाले जिल्ला प्रशासन कार्यालयमा सिफारिस गरेको नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । 

सोमबार जिल्ला प्रशासन कार्यलय बागलुङ र सरोकार भएकाहरुबीच भएको बैठकले एक साता थप गरी भदौ १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिनुभयो । 

प्रशासन कार्यालय र सरोकार पक्षबीचको बैठकले यसअघि खुला रहेको बैंक तथा वित्तीय संस्था पनि पूर्ण रुपमा बन्द गर्ने र अत्यावश्यकीय खाद्य पदार्थ, तरकारीलगायत पसल दिनमा एक समय मात्र बिहान ७ देखि ९ बजेसम्म मात्र खुलाउने निर्णय गरेको छ । 

अब लक्षण देखिएका सङ्क्रमितलाई धौलागिरि अस्पताल र क्याम्पस तथा लक्षण नदेखिएकालाई धोैलागिरि बहिरा स्कूल रामरेखामा राखिने बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले