२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

निषेधाज्ञाले सुनसान वीरेन्द्रनगर

१० भाद्र २०७७, बुधबार ०४:५२

भदौ १०, वीरेन्द्रनगर । यही भदौ १ गतेदेखि गरिएको निषेधाज्ञाले वीरेन्द्रनगर बजारलगायत आसपासका क्षेत्र सुनसान बनेको छ । वीरेन्द्रनगर बजार पूर्णरूपमा ठप्प छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको भन्दै नगरपालिकामा निषेधाज्ञा घोषणा गरिएको हो । निषेधाज्ञा घोषणापछि भीडभाड हुने स्थान र मुख्य चोकमा प्रहरी परिचालन गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीको अध्यक्षतामा गत मङ्गलबार बसेको जिल्लास्तरीय विपद् व्यवस्थापन केन्द्रको बैठकले भदौ १ गते सोमबारदेखि भदौ ५ गते शुक्रबारसम्म नगरपालिका क्षेत्रभर निषेधाज्ञा लगाउने निर्णय गरेको थियो । सङ्क्रमणको दर बढ्दै गएका कारण चार दिन निषेधाज्ञा थप गरिएको छ । 

प्रशासनले अत्यावश्यकीय क्षेत्रहरु मेडिकल, दूध, ग्यास र तरकारी पसलबाहेक अन्य सबै क्षेत्रहरु बन्द गर्न निर्देशन दिएको छ । वीरेन्द्रनगरमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले त्यसको रोकथामका लागि निषेधाज्ञा नै अन्तिम विकल्प देखेको हो । हिन्दू महिलाको चाड हरितालिका तीज पनि यही बेला भएकाले बढी भीडभाड हुनसक्ने र कोरोनाको जोखिम थप हुने भएकाले निषेधाज्ञा लगाउन आवश्यक ठानिएको हो । त्यसयता पनि सङ्क्रमण बढ्नसक्ने भएकाले अरु चार दिन थप गरिएको हो ।

निषेधाज्ञाको अनुगमन गर्न प्रमुख जिल्ला अधिकारी रेग्मी, सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेललगायतको टोली वीरेन्द्रनगरका विभिन्न स्थानमा खटिएको थियो । सहायक प्रजिअ पौडेलले निषेधाज्ञालाई जनस्तरबाट पूर्णरूपमा सहयोग भएको बताउनुभयो । सामान्य केही छिटफुट मानिस हिँडिरहे पनि उहाँहरुलाई सम्झाइबुझाई गरिएको उहाँको भनाइ छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली