२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

दुई लागुऔषध कारोवारी पक्राउ

२०७७, १० भाद्र बुधबार ०५:०९

भदौ १०, रुकुम (पश्चिम) । रुकुमपश्चिममा दुई लागुऔषध कारोवारी पक्राउ परेका छन् । जिल्लाको मुसीकोट नगरपालिका–४ ठाराढुङ्गाबाट प्रहरीले गोली प्रहार गरी दुई जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वबाट खटिएको प्रहरी निरीक्षक दिनेश गुरुङ नेतृत्वको टोलीले पक्राउ गर्न खोज्दा कारोवारी भाग्न खोजेपछि गोली प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ । 

गोली प्रहारबाट एक घाइते भएका छन् भने उनीसँगै अर्का एक जना पक्राउ परेका छन् । एक जना भने भागेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ । गोली लागेर घाइते हुनेमा रुकुमपश्चिमको मुसीकोट नगरपालिका–११ भलाक्चाका २५ वर्षीय निर्मल पुन रहेका छन् । उनको तिघ्रामा गोली लागेको र थप उपचारका लागि नेपालगञ्ज सिफारिस गरिएको छ । 

उनीसँगै रहेका मुसीकोट–११ कै ३५ वर्षीय लक्ष्मी पुन पक्राउ परेका छन् । जयप्रकाश घर्ती भने फरार भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिनुभयो । 

केही दिनअघि रुकुमपूर्वमा लागुऔषध अफिमसहित केही व्यक्ति पक्राउ परेका थिए । घटनाको अनुसन्धान गर्दा उनीहरुले दिएको सूचनाका आधारमा रुकुमपूर्व र रुकुमपश्चिमको प्रहरीले ‘कन्ट्रोल डेलिभरी अपरेसन’ चलाएको र सोहीअनुसार मङ्गलबार दुई व्यक्ति पक्राउ परेका हुन् । उनीहरुबाट लागुऔषध के कति मात्रामा बरामद भयो भन्ने बारेमा भने खुलाइएको छैन । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने