२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

ताराखोलामा ‘कोसेली घर’

२०७७, १० भाद्र बुधबार १०:४७

भदौ ९, बागलुङ  (रासस)  । स्थानीय उत्पादनको बजारीकरणमा सघाउन ताराखोला गाउँपालिकाले ‘कोसेली घर’ बनाउने भएको छ । ‘कोसेली घर’का लागि चालु आवमा सङ्घ सरकारको रु। ३० लाख र गाउँपालिकाको रु। १५ लाख बजेट छ । 

सडकको सहज पहुँच भएको र बजार आसपास पर्ने गरी ‘कोशेली घर’ निर्माण गरिने गाउँपालिका अध्यक्ष प्रकाश घर्तीको भनाइ छ । “भवन बनाएर यो वर्षभित्रै सेवा शुरु गर्ने योजना छ”, उहाँले भन्नुभयो । कृषि, पशुजन्य उपजदेखि हस्तकलाका सामग्री, जडिबुटीलगायत स्थानीय उत्पादन बिक्रीका लागि त्यहाँ राखिनेछ ।

मकै, फापरजस्ता कृषि फसल नै बिक्रीमा नराखेर त्यसबाट बन्ने आटो, पिठोलाई ‘कोशेली घर’मा राख्ने सोच गाउँपालिकाको छ । दूध, घिउलगायत पशुपक्षीजन्य उत्पादनको व्यावसायीकरणमा पनि टेवा पुग्ने विश्वास लिइएको छ ।

गाउँपालिकाले किसान, उद्यमीबाट उत्पादन खरिद गर्ने र त्यसलाई बजारसम्म पु¥याउने उद्देश्यसहित ‘कोशेली घर’को अवधारणा अघि सारिएको थियो । “ताराखोला घुम्न आउने पर्यटक, पाहुनाका लागि पनि यहाँको उत्पादन बेच्न सकिन्छ”, अध्यक्ष घर्तीले भन्नुभयो, “यसबाट गाउँघरमै आयआर्जनको बाटो खुल्छ ।”

ताराखोलाबाट नेपाली हाते कागज, अल्लोका कपडा, जडीबुटी, ‘स्लेट ढुङ्गा’, काठ, च्याउ, गेडागुडी, आलु, भाँगोलगायतका स्थानीय उत्पादन निर्यात हुन्छ । निगालोबाट बन्ने डोका, डालाडीली, नाङ्ला, काइँयोजस्ता हस्तकलाका सामग्री पनि त्यहाँ उत्पादन हुन्छ ।

ताराखोलाको पहिचान झल्काउने गरी ‘कोशेली घर’ बनाउनुपर्ने स्थानीयवासी बिर्बलाल घर्तीले बताउनुभयो । उहाँले व्यवसाय र उद्यमशीलता प्रवद्र्धन गर्ने योजना ल्याउन गाउँपालिकालाई सुझाव दिनुभयो ।

ताराखोला कृषि, पशुपालन र वनजन्य उद्यमका लागि प्रचुर सम्भावना बोकेको ठाउँ हो । पशुपालनतर्फ भैँसी, बाख्रा, भेडापालन र कृषितर्फ आलु, भाँगोमा गाउँपालिका आत्मनिर्भर छ । ताराखोला आलु खेतीले अझ बढी चिनिन्छ । गाउँपालिकाले किसानलाई व्यावसायिक उत्पादनतर्फ आकर्षित गर्न अनुदान, तालिमलगायत प्रोत्साहनका कार्यक्रम ल्याएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते