Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

निषेधाज्ञामा वन तस्करी बढ्यो

२०७७, १२ भाद्र शुक्रबार ०४:५४

भदौ १२, बागलुङ । कोविड–१९ त्रास छल्न जारी निषेधाज्ञाभित्रै महोत्तरीका वनक्षेत्रमा तस्करको प्रवेश बढेको छ । चैत ११ देखि साउन ७ अघिको सरकारले घोषणा गरेको लकडाउन र पछिल्लो चरणमा साउन २० यता जिल्ला प्रशासन कार्यालय महोत्तरीले पटक/पटक अवधी बढाउँदै लगेको निषेधाज्ञामा वनसम्पदा चोरी हुने क्रम बढेको हो । भदौ लागेयतामात्रै वन सुरक्षा गस्तीले गरेको सघन खोज अभियानमा भर्खरै कटान गरेर लुकाइएका साखुका काठ ५९ क्यूविक फिट बरामद गरेको छ । चोरी कटान गरेर लगिने काठ धेरैजसो अवैधरुपले सञ्चालन गरेका समिल (काठ चिरान गर्ने कारखाना) र फर्निचर उद्योगमा फेला परेको डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख हेमन्तप्रसाद साहले जानकारी दिनुभयो ।

“हामीले यसै सातामात्र बर्दिवासका दुई ठाउँबाट ५९ क्यूविक फिट नापका चिरान गरिएका ९४ थान नयाँ कटान गरिएका काठ बरामद गरेका छौँ”, डिभिजन प्रमुख साहले भन्नुभयो, “तश्करले रुख कटान गर्ने र अवैधरुपमा सञ्चालनमा रहेका फर्निचर उद्योगले चिरान गराएर लुकीछिपी बेच्दा रहेछन् ।” यसरी चोरी कटान हुने रुखमा साखुका ससाना बोट बढी पाइएको वन सुरक्षा गस्तीको अनुभव छ ।

आम मानिस र वन सुरक्षा जवान कफ्र्यूले सक्रिय नहुने अनुमानमा तश्करले यो समय प्रयोग गर्ने गरेका छन् । यसअघि साउनमा जिल्लाकै गौशाला नगरपालिका क्षेत्रभित्र चोरी कटान गरी चिरान गराएर लुकाई राखिएका साखुकै १०० क्यूविक काठ वन सुरक्षा गस्तीले बरामद गरेको थियो । यसअघि गतचैतदेखि असार मसान्तसम्म डिभिजन वन कार्यालयले सञ्चालन गरेको सघन गस्तीले ३०० क्यूविक फिट साखुकै काठ बरामद गरेको कार्यालय अभिलेखमा तथ्याङ्क छ । 

लकडाउन र कफ्र्यूभित्र वनसम्पदा चोरी कटान र वन्यजन्तुको अवैध शिकार बढेपछि कार्यालयले गतचैतदेखि नै समय तालिकासहित तीनवटा वन सुरक्षा गस्ती परिचालित गर्दै आइएको कार्यालयले जनाएको छ । लकडाउन शुरु भएको गत चैत यता हालसम्म करिब ५०० क्यूविक फिट चोरीका साखुका काठ बरामद गरिएको छ । काठ चोरीमा प्रयोग गरिने हतियार, काठ ओसार्न प्रयोग गरिएका साइकल, मोटरसाइकल र टेम्पुसहित साधन नियन्त्रण लिइएको छ । यसअवधीमा १० जना पक्राउ परेका छन् । लकडाउन र कफ्र्यू अवधीभित्रै शिकारीको आक्रमणमा परी घाइते भएका १० वन्यजन्तु उद्धार गरिएका छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश