Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सुर्तीसहित बोलेरो जिप बरामद

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>भदौ १४, कैलाली | कैलालीमा प्रहरीले शनिबार बेवारिसे अवस्थामा भन्सार छलीका सुपरपावर सुर्तीसहित बोलेरो जिप बरामद गरेको छ ।&nbsp;<br></p><p>सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल अनुसन्धान समूह र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैधरूपमा भन्सार छली ल्याइएका अन्दाजी रु दुई लाख ३० हजार बराबरको २०० प्याकेट सुपरपावर सुर्तीसहित से १ च २८९ नम्बरको सेतो रङको पिकअप बोलेरो जिप बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।</p><p>बरामद सुर्तीसहित बोलेरो जिप आवश्यक कारबाहीका लागि भन्सार कार्यालय त्रिनगर पठाइएको बताइएको छ । त्यसैगरी प्रहरीको सोही टोलीले धनगढी–२ कृष्णनगर टोलबाट भन्सार छली ल्याइएका पाँच बोरा जिरा र ७०० प्याकेट सुपरपावर सुर्तीसमेत बरामद गरी आवश्यक कारबाहीका लागि त्रिनगर भन्सार कार्यालय पठाइएको जनाइएको छ&nbsp; । रासस&nbsp;</p>